Comments Add Comment

युटुबमा साहरुखको ‘रइस’ले राख्यो नयाँ रेकर्ड

raees-poster
वुधबार सार्वजनिक भएको बलिउड नायक साहरुख खान अभिनित नयाँ चलचित्र ‘रइस’को ट्रेलरले नयाँ रेकर्ड राखेको छ । टिजर सार्वजनिक भएको २० घन्टा नपुग्दै १ करोड भन्दा धेरै पटक यसलाई युटुबमा हेरिएको थियो । छोटो समयमा नै सबैभन्दा धेरै पटक हेरिएको ट्रेलरको रेकर्ड चलचित्रले राखेको छ ।

राहुल ढोलाकियाको निर्देशनमा बनेको यो चलचित्र आउँदो बर्षको जनवरी २५ बाट विश्वभर रिलिज हुँदैछ । यो ट्रेलरलाई यो समाचार तयार पार्दासम्म १ करोड २७ लाख भन्दा बढी पटक हेरिएको छ ।

२ लाख ५९ हजारले युटुबमा ट्रेलरलाई लाइक गरेका छन् भने ३७ हजार भन्दा बढी कमेन्ट गरिएको छ । सार्वजनिक भएको दिन ट्रेलर विश्वभर नम्बर १ को ट्रेन्डिङमा थियो । बलिउड चलचित्रका लागि यो रेकर्ड पनि पहिलो हो । एक दिनमा युटुब, फेसबुक र इन्स्ट्राग्राममा ट्रेलर २ करोड पटक हेरिएको छ ।

साहरुख खान, माहिरा खान र नवाजुद्दिन सिद्धिकीको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलरलाई पूर्ण व्यवसायिक बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment