पौष २९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘शब्द’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा नायक सौगात मल्ल र कलाकार कमली वाइवा मुख्य भूमिकामा छन् । साथमा ए गुरुङ, अनुभव रेग्मी, ओशिन भट्टराइलाई चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रले प्रेमको शब्द खोजेको छ । मुख्य कलाकार कमली र उनको जीवनमा आउने विभिन्न यूवाहरुको कथामा यो चलचित्र बुनिएको छ । हरेक प्रकारको अभिनय गर्न सक्ने नायक मल्लले यो चलचित्रमा गाउँले यूवकको भूमिका निर्वाहा गरेका छन् ।
छिरिङ दोर्जे लामाको लगानी रहेको यो चलचित्रलाई ओम ओम श्री वज्रयान पिक्चर्स प्रालीको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा राजनराज सिवाकोटी र गैरे सुरेशको संगीत छ । चलचित्रलाई सन्तोष सिवाकोटीले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4