Comments Add Comment

‘प्रेमगीत २’को संगीतबाट अर्जुनले हात झिके,निर्माता भन्छन्-‘विकल्प खोजिएको हो’

arjoon-pokheral
‘म यस्तो गीत गाउँछु, जुन प्रेमगीत बनोस्’ बोलको गीतले चलचित्र ‘प्रेमगीत’लाई उचाइमा ल्यायो । गीतकै कारण, चलचित्रले व्यापार पनि राम्रो गर्‍यो । यहि, गीतबाट संगीतकार अर्जुन पोखरेलको उचाई मात्र चुलिएन, उनले थुप्रै अवार्ड पनि जितिरहेका छन् ।

अहिले ‘प्रेमगीत २’ बनाउने तयारीमा यसका निर्माता सन्तोष सेन लागिपरेका छन् । थाइल्याण्ड, बर्मा र नेपालमा छायांकन हुने चलचित्रलाई रामशरण पाठकले निर्देशन गर्दैछन् । चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा देखिदैछन् ।

दर्शकमा ‘प्रेमगीत २’को संगीत पनि उत्कृष्ट हुन्छ भन्ने विश्वास हुनु स्वभाविक नै हो । यो चलचित्रका लागि संगीतकार अर्जुन पोखरेलले नै संगीत भरेका थिए । २ वटा गीत पनि तयार भैसकेको थियो ।

चलचित्रको छायांकन केहि दिनमै सुरु गर्ने तयारी पनि गरिएको छ । तर, अब यो चलचित्रबाट संगीतकार अर्जुन पोखरेलले हात झिकेका छन् । संगीतकार पोखरेलले यो चलचित्रका लागि तयार पारेको २ वटा गीत अब अरु नै चलचित्रलाई दिने तयारी गरेको वुझिएको छ । यस बिषयमा संगीतकार पोखरेलसँग कुरा गर्दा उनले अहिले नै आफूले यस बिषयमा प्रतिक्रिया नदिने बताए ।

यता, निर्माता सन्तोष सेनले भने अर्जुनले हात झिकेको भन्दापनि आफूहरुले चित्तवुझ्दो काम नभएपछि हात झिकेको बताए । उनले भने-‘हामीलाई गीत चित्त वुझेन । अर्को, संगीतकार पनि राख्छौ भन्दा उहाा मान्नुभएन । यसैले, काम नगर्ने निर्णय गरेका हौ ।’ उनले ६ महिना अगाडि कामको जिम्मा दिएपनि अहिलेसम्म गीत तयार नभएको बताए । उनले भने-‘आफू पनि ढिलो गर्ने, अरुलाई दिन्छौ भन्दा पनि नमान्ने गरेपछि कसरि काम गर्नु ?

वुझिएअनुसार, चलचित्रमा २ वटा गीत राख्ने कुरा भएको थियो । जसअनुसार अर्जुनले २ वटा गीत पनि तयार पारेका थिए । २ वटा गीत सुन्नेहरुले निकै राम्रो प्रतिक्रिया पनि दिएका थिए । तर, निर्माणपक्ष र अर्जुनविच केहि बिषयलाई लिएर खटपट भयो । जसलेगर्दा, अर्जुनले चलचित्रको संगीतबाट हात झिकेका हुन् । अर्जुनले हात झिकेपछि अब संगीतकै कारण चर्चामा रहेको चलचित्रको सिक्वेलमा कुन संगीतकारले संगीत भर्ने हुन्, त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment