Comments Add Comment

फ्रेस फेसः मेरो मुस्कानमा केटाहरु भुतुक्कै हुन्छन्ः रीजा भुसाल(भिडियो कुराकानी)

rija-bhusal-hot-15
चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’मा काम गरेपछि नव-नायिका रीजा भुसाललाई रंगिन दुनियाँको नशा लाग्न थालेको छ । अब, उनी यहि क्षेत्रमा केहि गर्छु भन्ने सोचका साथ अगाडि बढेकी छिन् । दर्जन म्यूजिक भिडियो र एउटा फिचर चलचित्रमा काम गरेकी उनी अहिले पढाई र कामलाई एकसाथ अगाडि बढाइरहेकी छिन् ।

पहिलो चलचित्रमा गाउँकी यूवतीको भूमिकामा काम गरेकी उनलाई अब बोल्ड भूमिकामा काम गर्न मन छ । ‘लभस्टोरी, एक्सन, बोल्ड भूमिकामा काम गर्न मन छ’, अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्ने क्रममा उनले भनिन् ।

रीजासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्:


उनी अहिले राम्रो चलचित्रको खोजीमा छिन् । राम्रो भनेको कस्तो त, उनले भनिन्-‘जुन भूमिका गर्दा आफूलाई पनि आनन्द आओस् ।’ पहिलो चलचित्रमा अर्की नायिकासँग पर्दा शेयर गरेकी रीजालाई अब अफर आउने चलचित्र सोलो नायिकाको रुपमा होस् भन्ने लाग्छ । rija-bhusal-hot-4

उनलाई आफू ‘बोल्ड एन्ड ब्यूटी’ लाग्छ । आफ्नो मुस्कान सबै भन्दा आकर्षक भएको बताउने रीजाले यहि मुस्कानमा धेरै यूवाहरु भुतुक्कै हुन्छन् होला भनिन् ।
नेपाली चलचित्र क्षेत्रमा उनलाई दयाहाङ राइसँग काम गर्न मन छ भने पि्रयंका कार्की उनलाई मनपर्ने नायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment