बलिउडका चर्चित फेसन डिजाइनर मनिष मल्होत्राको ५१ औ जन्मदिनको पार्टी केहि दिन अगाडि सम्पन्न भयो । तर, पार्टीमा विभिन्न खालका घटनाहरु घटे, जुन अहिले मिडियाका लागि गसिप बनिरहेका छन् ।
पार्टीमा आइटम गल मलाइका अरोरा खान मदिराले मस्त थिइन् । उनी, राम्रोसँग हिड्न पनि नसक्ने अवस्थामा थिइन् । उनलाई सम्हाल्नका लागि अर्की नायिका सोनम कपुर अगाडि सरिन् । तर, सोनमसँग रिसाउँदै मलाइकाले आफूलाई कसैको सहारा नचाहिने बताइन् । भारतीय मिडियाका अनुसार मलाइकाले सोनमलाई नछुन भनेपछि पार्टीका होस्ट मनिष अगाडि सरेका थिए ।
सोहि, पार्टीबाट अर्को एक रोचक खबर पनि सार्वजनिक भएको छ । पार्टीमा नायिका तथा मोडल उर्वशी रौटेलालाई निम्तो नै गरिएको थिएन । उर्वशी विना निम्तो पार्टीमा पुगेको देखेपछि मनिष पनि छक्क परेका थिए । जब, उर्वशी मनिषसँग अंकमाल गर्न पुगिन्, उनी अचम्मित भए । तर, आइसकेको पाहुनालाई किन अप्ठ्यारो बनाउनु भन्ने सोचले उनले केहि पनि भनेनन् ।
पार्टीमा उर्वशीले चर्चित नायिकाहरुसँग तस्बिर लिएकी छिन् । कुनै, तस्बिरमा उनी जर्बजस्ती उभिएको देखिन्छ ।
प्रतिक्रिया 4