Comments Add Comment

‘आजको डायरी’मा अशिष्मा नकर्मीः ‘बिहान कलेज, दिनभर इन्टरभ्यू’

ashisma-daily-diary
आज म बिहान ६ बजे उठेँ । म सधै यस्तै समयमा उठ्छु । उठेपछि म फ्रेस भएर व्यायम गर्छु । त्यस्तो लामो समय त होइन, तर पनि हलुका व्यायम भएपनि गर्छु ।
व्यायम गरेपछि चिया आफै बनाएर पिएँ । चिया पिएर म कलेज गएँ । कलेजमा शिक्षकलाई भेट्नु थियो । अब, स्नातोकतरमा कुन बिषय पढ्ने भन्ने बिषयमा छलफल गर्नु थियो । कलेजमा सरसँग छलफल गरेर क्यान्टिनमा मिठो मासुभात खाएँ ।

कलेजबाट निस्किएपछि मैले साथी छुल्ठिम गुरुङलाई भेटेँ । छुल्ठिमले निर्माण गरेको चलचित्र ‘डायरी’को प्रचारमा म पनि हिड्नु पर्ने छ । छुल्ठिमलाई भेट्दै गर्दा विचमा एउटा इन्टरभ्यू पनि थियो । निकै रमाइलोसँग इन्टरभ्यू पनि भयो ।

इन्टरभ्यू सकेर हामी एफडी कम्पनी गयौ । छुल्ठिमकै चलचित्र रिलिजको बिषयमा छलफल थियो । त्यो सकेर म फेरि एउटा मिडियामा फोटोसुट र इन्टरभ्यूका लागि पुगेँ ।

एकदमै रमाइलोसँग इन्टरभ्यू भयो । यसपछि, म दाज्यू शान्तिप्रियलाई भेट्न पुगेँ । अहिले म यहि भेटघाटमै छु । यो सकेर म घर जान्छु । घर गएपछि सामान्य खाना मात्र खान्छु । बेलुकी मोबाइलमा फेसबुक चलाउने, टीभी हेर्ने नै काम हुन्छ । मलाई परिवारसँग समय बिताएन एकदमै मनपर्छ ।

बेलुकी १० बजे त मलाई निन्द्रा लागिसक्छ । आजको दिनलाई म उपयोगी रुपमा नै लिन्छु । अमेरिकाबाट आएपछि के गर्ने, कसो गर्ने भन्ने लागिरहेको थियो । इन्टरभ्यू भयो, साथीहरुसँग भेटघाट भयो । यसैले पनि आजको दिनलाई म ५ मा ५ नै दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment