+
+
Shares

माइतीघरबाट बानेश्वरसम्म दौडेर संशोधनको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २७ गते ९:४२

race-protest२७ मंसिर, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधा संशोधनको विरोधमा संयुक्त युवा विद्यार्थीले दौडको आयोजना गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटका युवा विद्यार्थीसहितका ८ युवा विद्यार्थी संघ संघठनले संशोधन प्रस्तावको विराध गर्दै माइतीघरबाट संसद भवन नयाँ वानेश्वरसम्म दौडको आयोजना गरेका हुन् ।

‘संविधान संशोधनले नेपालीको हित नगर्ने र विदेशीको इसारामा संशोधन प्रस्ताव दर्ता भएकाले फिर्ता लिन दवाव दिएका हौं’ अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने ‘आजको दौड विरोधको रचनात्मक स्वरुप हो ।’

यसैबीच संयुक्त आन्दोलनमा रहेका युवा विद्यार्थी संगठनले भोली सडक बहसको आयोजना गरेका छन् । बानेश्वरमा हुने बहसमा सीपी मैनाली, लालबाबु पण्डित, नारायणमान विजुक्छे लगायतका नेता सहभागी हुँदै छन् । आन्दोलनरत युवा विद्यार्थीहरुले हिजो नेपालको आन्तरिक मामलामा भारतीय राजदूतले हस्तक्षेप गरेको विराधेमा परराष्ट्रमन्त्रीलई ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?