२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पुरानै संरचनाअनुसार स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ ।
चुनाव छिटो गर्नुपर्छ भन्नेमा एमाले पनि सहमत रहेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘अहिलेकै गाविस, नगरपालिकाकै भएपनि चुनाव गराउनुपर्छ ।’
एमाले अध्यक्ष केपी ओलीसँग आइतबार भएको भेटमा चुनावबारे छलफल भएको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘उहाँ (ओली) यसमा तयार हुनु भएको छ । राष्ट्रिय सहमति हुनसक्छ । त्यसैले अहिलेकै संरचना चुनाव गर्नुपर्छ ।’
मधेसी जनता कसैभन्दा कम राष्ट्रवादी नभएको भन्दै उनले मधेसी र पहाडीबीचमा झगडा नगराउनुस् भनेर ओलीलाई भनेको सुनाए । साथै उनले संविधान संशोधन विधेयक पास गराउन एमालेले समेत सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4