२८ मंसिर, काठमाडौं । डा. गोविन्द केसीको १२ बुँदे सम्झौताको विरुद्धमा स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज, मेचीले आमरण अनसन सुरु गर्ने चेतावनी दिएको छ ।
समाजका अध्यक्ष चैतन्य प्रकाश मैनालीले मंगलबार पत्रकार सम्मेलन गरी डा. गोविन्द केसीको मात्रै आवाज सुनेर सरकारले एकलौटी सम्झौतामार्फत सर्वसाधारणको स्वास्थ्य अधिकारलाई निमिट्यान्न पार्न खोजेको आरोेप लगाएका छन् ।
उनले डा. केसीसँग सरकारले हालै गरेको सम्झैाताले २६ लाख मेची बासीले गुणस्तरीय स्वास्थबाट बञ्चित हुनुपरेको आरोप लगाए । तिनै मेचीवासीको हितका लागि सम्झौताबिरुद्ध डा. केसीले जस्तै आमरण अनसन बस्ने मैनालीले चेतावनी दिए ।
उनी यस अघि पनि झाापाको बी एण्ड सी अस्पताललाई मेडिकल कलेज सम्बन्धनको माग राख्दै१० दिन अमरण अनशनमा बसेका थिए ।
साथै बी एण्डी मेडिकल कलेजलाई दिने सम्बन्धनको विषयलाई लिएर सरकारले डा. केसीसँग गरेको सम्झौताको विरुद्ध उनले मंसिर २३ गते सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए । उक्त रिटउपर सर्बोच्चका न्यायधीश प्रकाशसिंह राउतको एकत इजलासलबाट सरकारको नाममा सोमवार कारण देखाउँ आदेश समेत जारी भइसकेको छ ।
प्रतिक्रिया 4