+
+

आरएसडीसी लघुवित्तको पहिलो कारोबार १११ देखि ३३४ रुपैयाँमा गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २९ गते ११:४५

२९ मंसिर, काठमाडौं । एक सय रुपैयाँ प्रतिकित्ता सेयरमा लगानी गरेका लगानीकर्ताले आरएसडीसी लघुवित्त वित्तीय संस्थाको पहिलो सेयर कारोबारमै तीन गुणासम्म लाभ पाउने देखिएको छ ।

rsdc-micro-financeनेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि एक सय ११ देखि तीन सय ३४ रुपैयाँको मूल्य ब्याण्ड दिएको छ । लगानीकर्ताले यो ब्याण्डभित्र रहेर पहिलो कारोबार गर्न पाउँछन् ।

तर कम्पनीको सेयर ३ सय ३४ रुपैयाँमा पहिलो कारोबार गरेर केही दिन थप बढाइने अवस्था छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको आधारमा अधिकत्तम तीन गुणासम्म मूल्य ब्याण्ड दिने व्यवस्था छ ।

त्यसपछि भने बजारको माग र आपुर्तीले नै मूल्य निर्धारण हुँदै जाने गर्छ । लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी कम हुने भएकोले जारी सेयर पनि कम हुन्छ र आफुले चाहेको मूल्यसम्म पुर्‍याउन सकिने अवस्था बन्दै आएको छ ।

हाल बजारमा अन्य लघुवित्त कम्पनीहरुको सेयर मूल्य १ हजार माथिसम्म रहेको छ । त्यसैले यो क्षेत्रबाट हरेक नयाँ कम्पनीको सेयर सूचीकरण भएको केही दिनसम्म मूल्य बढाएपछि मात्र बजारमा सेयरको सहज आपूर्ति हुने गरेको छ ।

सोमवार कारोबार खुलेको नेशनल माइक्रोको पनि यही कारण कारोबार शुरु हुन सकेको थिएन । कम्पनीले भने १ सय ६९ देखि ५ सय ६ रुपैयाँ मूल्य ब्याण्ड पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?