Comments Add Comment

कांग्रेसका अधिकांश मन्त्री कुबेरः भन्छन्-दाउरा बेचियो ! वैदेशिक रोजगारीबाट कमाइयो !

हिरामोती र लखौटो संकलकदेखि अर्बपतिसम्म

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसलाई कम्युनिष्टहरुले धनीमानीको पार्टी भन्ने आरोप लगाउने गर्छन् । अहिलेको सरकारमा कांग्रेस पनि छन् र कम्युनिष्टहरु पनि छन् । तर, विगतमा प्रचण्डको भन्दा थोरै सम्पत्ति भएका सुशील कोइरालासमेत अटाएको कांग्रेस पार्टीका नेताहरुको व्यक्तिगत सम्पत्ति चाँहि अस्वाभाविक देखिएको छ ।

कांग्रेसका कोही मन्त्रीले दाउरा बेचेर सम्पत्ति जोडेको बताएका छन् भने कसैले बैदेशिक रोजगारीबाट आर्जन गरेको उल्लेख गरेका छन् । जसरी होस् जीवनभर राजनीतिमा लागेका कांग्रेसका नेताहरुको कमाइ माओवादीका मन्त्रीहरुको भन्दा कैयौं गुणा बढी नै देखिन्छ ।

बुधबार सार्वजनिक भएको मन्त्रीहरुको सम्पत्ति विवरणमा कांग्रेसका मन्त्रीहरुको सम्पत्ति यस्तो देखियोः

अर्जुननरसिंह केसीः जग्गा श्रीमतीका नाममा, बैंकमा डेढ करोड

arjun-narsing-kcसहरी विकासमन्त्री निकै धनी देखिएका छन् । झण्डै १७ वर्षपछि मन्त्री भएका उनको बैंकमा नगद मात्र डेढ करोड बैंकमा छ । गोगंबुमा रहेको घर श्रीमती प्रतिमाको नाममा छ भने नुवाकोटको घर केसीको नाममा छ ।

ललितपुरको सैवुमा भएको घर भने पनि प्रतिमाका नाममा छ । प्रतिमाका नाममा काठमाडौंको साङला, ललितपुरको हरिसिद्धीमा जग्गा छ भने केसीसँग ५० तोला सुन र ५२५ तोला चाँदी छ । केसीकै नाममा विपि स्मृति समुदायिक अस्पतालमा २ लाखको शेयर छ । साथै उनले ३० लाख ऋण दिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

अलैंची बेचेर ४ लाख ५० हजार आम्दानी हुने भन्दै केसीले बारीका रुख दाउरा बेचेर पनि आफ्नो आम्दानी हुने गरेको उल्लेख गरेका छन् ।

केशवकुमार बुढाथोकीः जग्गाका कुबेर

सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको इलाम, झापा र काठमाडौंमा घर छ । इलामका साथै झापामा सयौं रोपनी जग्गा छ । ५० तोला सुन र ५०० तोला चाँदी छ भने विभिन्न बैंकमा गरेर ५० लाख नगद छ । उनीसँग ३६ लाख पर्ने गाडी पनि छ ।

बालकृष्ण खाँडः जग्गाका धनी

Balkrishna-Khandकांग्रेसबाट रक्षामन्त्री बनेका बालकृष्ण खाँडसँग पनि जग्गा धेरै रहेको देखिएको छ । रुपेन्देहीको तिलोत्तमा र बुटबलमा गरी चार घर छन् भने काठमाडौंमा पनि घर छ ।

खाँड र उनको श्रीमतीको नाममा तिलोत्तमा, बुटबल र ललितपुरको सैबुमा गरी २२ फरक फरक जग्गा छ । उनीसँग ४० तोला सुन, ६० तोला चाँदी र १० लाख नगद छ ।

विभिन्न बैंक तथा सहकारीमा गरी झण्डै २५ लाख बचत रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । रक्षामन्त्री खाँडसँग दुई वटा गाडी पनि छ ।

हृदयराम थानीः नगदभन्दा ऋण धेरै

सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीको सुर्खेतमा घर छ । साथै विभिन्न चार ठाउँमा जग्गा छ । उनीसँग ६६ तोला सुन र ३ किलो चाँदी छ । विभिन्न बैंकमा गरेर २ लाख बढी बैंक ब्यालेन्स छ भने ४ हजारको शेयर भरेका छन् ।

मन्त्री थानीलाई बैंकको ऋण छ । घरको तला थप्दा दिएको ४७ लाखमध्ये २० लाख तिर्न बाँकी छ । नेपाल बैंकबाट ३० लाख ऋण लिएर सुर्खेतमा प्रस्तावित कलेजमा लगानी गर्ने उद्देश्यले आफन्तलाई दिएका छन् । दीप लामा आयल स्टोरमा २५ प्रतिशत लगानी रहेको मन्त्री थानीको सम्पत्ति विवरणमा उल्लेख छ ।

दीपक गिरीः टोखामा २ रोपनीमा घर, ३ सेट हिरा

4-dipak-giri-minister-1सिंचाई मन्त्री दीपक गिरीको काठमाडौंका साथै दाङमा घर छ । काठमाडौंको टोखा चण्डेश्वरीको घर २ रोपनी ९ आना जग्गामा छ । दाङमा दुई घरका सातै ५ विगाहा २ कण्ठा १२ धुर जग्गा छ ।

उनीसँग ५० तोला सुन र डेढ किलो चाँदी छ । हिराको गहना ३ सेट छ । झण्डै चार लाख बैंक ब्यालेन्स भएका उनको स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र योगी ब्रदर्स क्रसर उद्योगमा २५ प्रतिशत शेयर छ ।

आफूसँग एउटा स्कर्पियो गाडी समेत रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

सीतादेवी यादवः ५३ तोला सुन, हिराका ७ औंठी

शान्तिमन्त्री मन्त्री सीतादेवी यादवका नाममा सिराहामा एकतले पक्की घर छ । उनका नाममा पैत्रिक सम्पत्तिका रुपमा केही जमीन छ । यस्तै सुन ५३ तोला रहेको छ भने हिराको औंठी ७ थान छ ।

सीतादेवीले १३ लाख ऋण दखाएकी छिन् । मारुती कार खरिदका लागि ऋण लिएको मन्त्री यादवले सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

जीवनबहादुर शाहीः कर्णालीका अर्बपति मन्त्री
jiwanbahadur-shahiपर्यटनमन्त्री जीवनबहादुर शाहीको हुम्लामा तीन घर छ । यो व्यापार र नोकरीबाट आएको रकमबाट जोडेको उनको दाबी छ । हुम्ला र बाँकेमा सगोलको जग्गम छ भने काठमाडौंमा श्रीमतीको नाममा जग्गा जोडेका छन् ।

उनीसँग ५७ तोला सुन, १ मिलो चाँदी छ भने विभिन्न बैंक तथा सहकारीमा गरी ५५ लाख बचत छ । चिलिमे, ज्योती विकास बैंक, शुभचिन्तक बचच, माउन्ट कैलाश इनर्जी र कृषि विकास बैंकमा गरेर ८ करोड बढी सम्पत्ति छ ।

माउन्ट कैलाश इनर्जीमा मात्र ७ करोड ६८ लाख मूल्य बराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । साढे ५ लाख ऋण छ भने दुई कार र एक स्कुटर छ । उनीसँग ५० भेडाबाख्रा, २५ झोप, गोरु र गाई छ भने ५० चौरी छ ।

नविन्द्रराज जोशीः हिरा र मणिको भण्डार

उद्योगमन्त्री नविन्द्रराज जोशीको काठमाडौंमा आफ्नो नाममा घर छ भने श्रीमतीकोनाममा जग्गा छ । उनीसँग १०० तोला सुन छ । हिराका सेट २ थान छ भने १६ हिराका औंठी र ६ वटा टप छन् । मणिक र मणि २-२ सेट, मोतीको सेट २ थान छ भने मोतिमा सुन जडेको ५ सेट, मुगाको माला ४ सेट छन् ।

मन्त्री जोशीसँग मणिकको चुरा २ सेट, मोती र मंगल सुत्र १ थान छ । झण्डै १८ लाख बैंक ब्यालेन्स छ भने विभिन्न बैंक तथा स्कुलमा पनि उनको शेयर छ । उनीसँग भक्सवागन कार छ, जसको मुल्य २८ लाख बढी पर्छ ।

रोमी गौचन थकालीः नगद र ऋण बराबर

वाणिज्य मन्त्री रोमी गौचन थकालीसँग मुस्ताङमा ७० रोपनीभन्दा बढी जमीन रहेको छ । यस्तै काठमाडौँमा १४ आना घडेरी छ । लालकुमारी गौचनका नाममा ललितपुर सैँबुमा ८ आना जमीन रहेको छ । यो दिदी भिनाजुले अमेरिकाबाट पठाएको पैसा र पारिश्रमिकबाट प्राप्त पैसाले खरिद गरेको उनले बताएका छन् । उनीसँग ७० तोला सुन, १० सेट हिराको सेट गहना छन् ।

यस्तै उनी र उनको श्रीमतीसहित परिवारका नाममा विभिन्न बैंकमा गरेर ८२ लाख बचत छ । यस्तै २१ लाख बराबर शेयरमा लगानी गरेका छन् । उनले आफन्तसँग ७० लाख ऋण सापटी लिएका छन् भने १२ लाख ऋण पनि दिएका छन् । उनीसँग ५० लाखको एउटा कार, ७८ लाखको एउटा अर्को कार र २० लाखको एउटा गाडी छ ।

प्रकाशशरण महतः १ करोडको शेयर

Prakash-saran-mahatपरराष्ट्र मन्त्री महतका नाममा काठमाडौँमा ७ आनामा फैलिएको साढे २ तले घरे छ । उनले वैदेशिक रोजगारीबाट आर्जन गरेको पैसाले उक्त घर बनाएको बताएका छन् ।

श्रीमती बिना महतका नाममा झापामा ५ विघा ४ कट्ठा जमीन छ । श्रीमतीकै नाममा उनले इलाममा १० रोपनी जमीन खरिद गरेका छन् । काठमाडौं चपलीमा २० आना जमीन छ । मन्त्री महतको गाउँघर नुवाकोटको कविलासमा ५० रोपनी जमिन र घर छ ।

महतले करिब ६० लाख बराबर शेयर लगानी रहेका छन् । यस्तै थप २४ लाख विभिन्न बैंकमा शेयर लगानी गरेका छन् । उनीसँग एउटा कारसमेत छ ।
शंकर भण्डारीः ४५ तोला सुन र ६० तोला चाँदी

वनमन्त्री शंकर भण्डारीको काठमाडौं र तनहुँमा घर छ । उनको काठमाडौंका साथै तनहुँमा जग्गा छ । उनीसँग ४५ तोला सुन र ६० तोला चाँदी छ । बैंक तथा फाइनान्समा गरी साढे २ लाख बचत छ भने केही ऋण लिनुका साथै केही सापटी लिएका छन् ।

रमेश लेखकः चन्द्रागिरीमा २ रोपनी जग्गा

Ramesh-Lakhakभौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको काठमाडौंस्थित चन्द्रागिरी नगरपालिकामा २ रोपनी जमीन किनेका छन् । उनका नाममा कञ्चनपुर र वैतडीमा २० रोपनी जमीन छ । त्यो उनको पैतृक सम्पत्ति हो ।

उनीसँग ३० तोला सुन छ । विभिन्न बैंकमा गरी ८ लाख बचत छ । उनका परिवारका सदस्यहरु यशोदा लेखक, मृदृला लेखक, पुनम लेखक र चिरायु लेखकका नाममा ११ सय कित्ता शेयर रहेको छ ।

यस्तै रिटिजन बैंकमा थप १५ लाख बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।
सूर्यमान गुरुङः १० लाख नगद, ५ लाख ऋण

श्रममन्त्री सूर्यमान गुरुङको ताप्लेजुङका साथै काठमाडौंमा घर छ । ताप्लेजुङमा २५ रोपनी बढी जग्गा पनि छ । उनीसँग ७५ तोला सुन र २०० तोला चाँदी छ भने हिरा २ सेट छ । १० लाख बैंकमा नगद छ । घर किन्दा लिएको ५ लाख ऋण छ । उनीसँग १०० जति भेडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment