+
+
Shares

आख्यान: हर्केकी तरुनी स्वास्नी

जीवन आचार्य जीवन आचार्य
२०७३ पुष २ गते ९:००

jeevan-acharyaकाठमाडौंबाट १५ किलोमिटरभित्रको गाउँ, रानीपौवाबाट तल । हर्केको परिवार छ- भोको, नाङ्गो, दुब्लो र रोगी । र म २८, ३० वर्षकी तरुण स्वास्नी मानिसलाई करिबकरिब नाङ्गै हिँडडुल गरिरहेको पहिलोपल्ट देखिरहेको छु । नाइटोभन्दा माथि एकधरो लुगा छैन,दूधका लाम्टा झुन्डिरहेका छन्, अझ ऊ हतारले हिँड्दा त झन् अप्ठ्यारो ।

–          ‘तिम्रो नाउँ ?’

–          ‘हर्के ।’

–          ‘हर्के ?हर्कबहादुर होइन ?’

–          ‘होइन, सबै हर्के भन्छ ।’

–          ‘किन सबै जना नाङ्गै छन् त ?’

–          ‘लुगा छैन !’

–          ‘त्यो आइमाई को हो ?’

–          ‘मेरो जहान ।’

–          ‘तिम्रो जहानलाई लाज लाग्दैन ?’

–          ‘लुगै नभएपछि के को लाज !’

–          ‘तिमीले चैं लगौंटी लगाएका छौ त ?’

–          ‘हेँ… हेँ… हेँ… !’

–          ‘तिमी काठमाडौं गएका छौ ?’

–          ‘गा’छु ।’

–          ‘कस्तो छ त शहर ?’

–          ‘राम्रै छ… खै बिर्सिसक्यो ।’

–          ‘कसरी बिर्स्यौ त त्यति नजिकैको राजधानी पनि ?’

–          ‘पोर परारै गा’को धेरै भयो, बिर्स्यो ।’

–          ‘किन गा ?’

–          ‘जिन्दावात् भन्थ्यो, ट्रकमा चढाएर टुँडिखेल लग्यो, कस्तो स्वाद् सुरुरुरु !’

–          ‘हाम्रो प्रधानमन्त्री को छ था’ छ ?’

–          ‘को परधान… मुन्तिर… भनेको के ?’

–          ‘त्यसो भए तिमीलाई आधारभूत भनेको था’छैन होला !’

–          ‘काँ छ हजुर ?’

–          ‘टोली आ’को छैन ?’

–          ‘छैन, यस्तो भीर ठाउँमा बाटै छैन !हजुर चैं के काममा आयौ ?’

–          ‘तिम्री जहान नाङ्गै देखेर फोटो खिच्न !’

–          ‘हजुरले यसको एउटा फोटु लगेर पशुपतिनाथमा चढाइदेऊ है, साह्रै बिरामी छे, निको भैहाल्छे कि ?’

०४५  साल

(जीवन आचार्य कुशल कवि, चित्रकार र प्रभावशाली स्तम्भ लेखक थिए । ०१५ साल चैत २० मा जन्मिएका उनको ०४६ साल बैशाख २३ गते निधन भएको थियो । अन्त्यहीन सुरुवात‘(कवितासंग्रह ०४०), ‘जीवनका धुनहरु‘(कवितासंग्रह ०४७)अर्थात्‘(लेखसंग्रह ०६७)उनका प्रकाशित कृति हुन् । माथिको लेखोट अर्थात् बाट साभार गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?