Comments Add Comment

छक्का पञ्जा एकसय दिनमा, आरपीको निधनले उत्सब मनाइएन

deepak and priyanka in hallकाठमाडौं । दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा’ले प्रदर्शनको १०० दिन पार गरेको छ । आजदेखि थप १३ हलमा चलचित्र प्रदर्शन भएको दीपकराज गीरिले बताए ।

चलचित्रप्रति दर्शकको रुची क्रमश बढ्दै गएकाले शनिवारवाट मोफसलका १३ हलमा चलचित्र प्रदर्शन गरिएको निर्देशक दिपाश्रीले बनाइन् । एकसय दिन पार गरेको उपलक्ष्यमा छक्कापञ्जा युनिटले विषेश उत्सब मनाउने योजना बनाएको थियो ।

तर, हाँस्य कलाकार आर पी भट्टराईको निधनले १३ दिन पुगेपछि मात्रै उत्सब मनाउने दीपाश्रीले बताईन् । ‘आरपीजीको निधन भएकाले उत्सब केहि पछि मनाउने निर्णय गरेका छौं’ दीपाश्रीले भनिन् ।

दीपकराज गीरिले यसले सफलताले आम चलचित्रकर्मीलाई खुसी तुल्याएको प्रतिक्रिया दिएका छन् । ‘यो उपलब्धि हाम्रो मात्रै हैन समग्र नेपाली चलचित्र क्षेत्र र हाँस्यब्याङग्य क्षेत्रको हो’ दिपकराज गीरिले भने ।

दीपकराज गीरि, पि्रयंका कार्की, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, शिबहरि पौडेल, वर्षा  राउत लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment