३ पुस, काठमाडौं । युवतीहरुलाई आकर्षक रोजगारीको लोभ देखाएर कुवेत पुर्याउने गिरोह पक्राउ परेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी दुम्बीबास-३ घर भई काठमाडौँ बसुन्धारा बस्ने ३५ बषीय राज कुमार खरेल, ताप्लेजुङ फुलवारी-७ घर भई मोरङ बिराटचोक ईन्द्रपुर-४ बस्ने ४६ बर्षीय पुरन सुब्बा भन्ने पूर्ण बहादुर लिम्बु र रुपन्देही देवदह-२ बस्ने ४१बर्षीय हरि प्रसाद थारु छन् ।
प्रहरीका अनुसार उनीहरुले आर्थिक रूपमा विपन्न नेपाली युवतीहरुलाई बैदेशिक रोजगारमा आकर्षक तलब भत्ताको प्रलोभनमा पारी कुवेत पठाई काम दिलाउने लोभमा ओमान पुर्याउने गरेका थिए ।
नेपालको बेलहिया नाकाबाट भारतको नयाँ दिल्ली, श्रीलंका हुँदै कुवेत तथा दुवईबाट ओमानसम्म पठाउने र युवतीहरूको शारीरिक तथा मानसिक यातना, यौन हिंसा समेत गर्ने गराउने गरेको पाइएकबो छ ।
उनीहरुलाई प्रहरीले मानब बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4