Comments Add Comment

कंगनाको बयान-‘हो, मलाई अब बच्चा चाहियो’

www.hdfinewallpapers.com

अविवाहित नायिका कंगना रनावतले अब ‘बच्चा चाहियो’ भन्न थालिन् भने के होला ? तर, आफ्नो भनाइका कारण सधै नै चर्चामा रहने यी नायिकाले अब बच्चाको सपना देख्न थालेकी छिन् ।

२९ बर्षकी यी नायिकाले एक इन्टरभ्यूमा बच्चाको आवश्यकता महशुश हुन थालेको बताएकी छिन् । कंगनाले मिडियासँग भनेकी छिन्-‘मलाई लाग्छ कि, म पूर्ण आत्मनिर्भर महिला हुँ । तर जब तपाइ तपाइको उमेरको दोश्रो दशकको अन्तिम बर्षमा पुग्नुहुन्छ, यसपछि मनमा बच्चाको चाहना बढ्न थाल्दो रहेछ ।’

कंगनाका अगाडि भनिन्-‘मलाई यस्तो दिन आउला भनेर लागेको थिएनँ । तर, अब म विस्तारै आमा बन्ने सपना देख्न थालेकी छु ।’ कंगनाको यो भनाइले अहिले बलिउड मिडियामा हंगामा मच्चाएको छ । कतै, कंगना बिहे त गर्दै छैनन् भन्ने प्रश्न पनि उनको बयानले उब्जाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment