Comments Add Comment

कीर्तिमान बनाउनबाट चुक्यो पाकिस्तान, पहिलो टेष्टमा अष्ट्रेलियासँग ३९ रनले पराजित

aus-vs-pak-1st-test

४ पुस, काठमाडौं । अष्ट्रेलियाबिरुद्धको पहिलो टेष्टमा पाहुना टोली पाकिस्तान सर्बाधिक रनको लक्ष्य पूरा गरी कीर्तिमान बनाउनबाट चुकेको छ ।

बि्रसबेनमा भएको पहिलो टेष्टमा ४९० रनको बिजयलक्ष्य पाएको पाकिस्तान पाचौं तथा अन्तिम दिन ४५० रनमा समेटिएपछि ३९ रनले पराजित भयो ।

३८२/८ को स्थितिबाट पाचौं दिनको सुरुवात गरेको पाकिस्तानका लागि १३७ रनको योगदान गरेका असद साफिक आउट भए । त्यस्तै यासिर शाहलाई कप्तान स्टिभ स्मिथले डाइरेक्ट हिटमार्फट रनआउट गरेपछि अष्ट्रेलियाको ३९ रनको जित सुनिश्चित भयो ।

सर्बाधिक रनको लक्ष्य पूरा गर्ने कीर्तिमान वेष्ट इण्डिजले सन् २००३ मा बनाएको थियो । उसले अष्ट्रलियाले दिएको ४१८ रनको लक्ष्य पूरा गर्दै टेष्टमा विजय हासिल गरेको थियो ।

यसअघि पहिलो इनिङमा अष्ट्रेलियाले ४२९ रन बनाएको थियो । त्यसक्रममा कप्तान स्मिथले १३० र पिटर हेन्सकोम्बले १०५ रनको शतकीय पारी खेलेका थिए ।

पहिलो इनिङमा पाकिस्तानले कमजोर प्रदर्शन गर्दै मात्र १४२ रनमा समेटिन पुग्यो । उसका लागि पहिलो इनिङमा सर्फराज अहमदले सर्बाधिक अविजित ५९ रन बनाएका थिए । अष्ट्रेलियाका मिचेल स्टार्क, जस हेजलउड र ज्याक्सन बर्डले तीन तीन विकेट लिएका थिए ।

२८७ रनको अग्रताबाट दोस्रो इनिङ सुरु गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर २०२ रन जोडेपछि इनिङ समाप्तिको घोषणा गरेको थियो । दोस्रो पारीमा कप्तान स्मिथले ६३ र उस्मान ख्वाजाले ७४ रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment