फागूणको २७ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘दर्पण छाया २’को डबिङ सुरु गरिएको छ । चलचित्रका मुख्य कलाकार पुष्पल खड्का र साहारा कार्कीले चलचित्रका लागि स्वराङ्कनको काम गरिरहेका छन् ।
चलचित्रको डबिङकै लागि भनेर नव-नायिका साहारा नेपाल आएकी हुन् । पढाइका कारण सुटिङ सकेर अमेरिका जानु परेको बताउँदै साहाराले डबिङ सकेर पनि अमेरिका र्फकने बताइन् । उनी परिवारसहित अमेरिका नै बस्दै आएकी छिन् ।
तुलसी घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले यूवापुस्ताको कथालाई संगीतको शैलीमा भन्नेछ । सावु गदाल कार्की र रवि कार्कीको लगानी रहेको यो चलचित्रमा फिरोज तिमिल्सिना, श्रद्धा प्रसाई, भारती घिमिरे लगायतका कलाकारको पनि मुख्य भूमिका छ । नायिका साहारा गीतसंगीतले दर्शक तथा श्रोताको मन जितेकोमा खुशी देखिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4