Comments Add Comment

जडेजाले लिए ७ विकेट, इंग्ल्याण्डबिरुद्ध भारतको इनिङ जित

eng-vs-ind-5th-test

५ पुस, काठमाडौं । भारतबिरुद्धको पाचौं तथा अन्तिम टेष्टमा इंग्ल्याण्डले एक इनिङ र ७५ रनको पराजय ब्यहोरेको छ । योसँगै घरेलु टोली भारले पाँच टेष्टको शृङखला ४-० ले आफ्नो पक्षमा पारेको छ ।

मा चिदाम्बरम रंगशाला चेन्नाईमा १२/० को स्थितिमा पाचौं दिनको खेल सुरु गरेको इंग्ल्याण्ड दोस्रो इनिङमा अझै २७० रनले पछाडि थियो । पाचौं दिनमा सबै विकेट गुमाएर उसले १९५ रनमात्र बनाउँदा दोस्रो इनिङ ब्याटिङ नगरी भारतले ७५ रनको जित हासिल गर्‍यो ।

युवा ब्याट्सम्यानद्वय करुण नायर ३०३ अविजित र केएल राहुलको १९९ रनको उत्कृष्ट योगदानसहित पहिलो इनिङमा कीर्तिमानी रान जोडेको भारतका लागि बलिङतर्फ रविन्द्र जडेजाको प्रदर्शन शानदार रहृयो । उनले ७ विकेट लिएपछि इंग्लिस टोलीको ब्याटिङ ध्वस्त बनेको थियो ।

इंग्ल्याण्डका लागि दोस्रो इनिङमा ओपनिङ जोडी केटन जेनिङले ५४ र कप्तान एलिस्टर कुकले ४९ रन जोड्नुबाहेक अन्यले उल्लेखनीय प्रदर्शन गरेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले पहिलो इनिङमा मोइन अलीको शतकको सहयोगमा ४७७ रन बनाएको थियो । पहिलो इनिङमा भारतले ७५९ रन बनाएको थियो । यो टेष्ट क्रिकेटमा भारतको अहिलेसम्मकै उच्च रन योगफल हो ।

पाँच टेष्टको शृङखलामा भारतले चार शून्यको जित हासिल गरेको छ । दुईबीचको पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment