Comments Add Comment

युवा संघ अध्यक्ष तिवारीलाई शहीद घोषणा गर्न सिफारिस

मनोजलाई देखाएर विषयान्तर गर्न खोजिएको परिवारको गुनासो

६ पुस, बुटवल । अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीलाई जिल्ला सुरक्षा समितिले शहीद घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

durga-tiwari-deathजिल्ला सुरक्षा समिति रुपन्देहीको बुधवार बसेको बैठकले तिवारीलाई शहीद घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

सिफारिससँगै तिवारीको दाह संस्कारका लागि पुष्पलाल पार्कबाट शवयात्र गरिएको छ ।

आन्दोलनका क्रममा उनको राजनीतिक प्रतिशोधबाट हत्या भएको भन्दै उनको परिवार र एमाले पार्टीले हत्याको छानविनमा सरकारले चासो नदिएको गुनासो गरेको छ ।

तिवारीको हत्यालाई विषयान्तर गर्न नियोजित रुपमा मनोज पुन भन्ने व्यक्तिलाई जोडेर अपराधीकरण गर्न खोजिएको आरोप परिवारको छ । आन्दोलनको अग्रभागमा हिँडेका बेला तिवारीमाथि पटक-पटक हत्याको धम्की आएको उनका दाजु चक्रपाणि तिवारीले बताएका छन् ।

प्रदेश विभाजन विरुद्ध प्रदर्शन गरेलगत्तै भैरहवामा उद्योग वाणिज्य संघका उपाध्यक्षमाथि गोली प्रहार भएपछि आफ्नो भाइलाई पनि त्यस्तै गर्ने धम्की दिइएको उनले बताए ।

एमालेका नेताहरुले प्रधामन्त्री र गृहमन्त्रीले बुटवलको आन्दोलनलाई संघीयता विरोधी बितण्डा भन्दै ठेगान लगाउनुपर्ने अभिव्यक्ति दिएलगत्तै युवा संघ अध्यक्षको हत्या हुनुलाई संयोगमात्र मान्न नसकिने बताउँदै आएका छन् ।

रुपन्देही प्रहरीले भने आफ्नो प्रारम्भिक अनुसन्धान अनुसार युवा संघकै पूर्व कार्यकर्ता मनोज पुनमाथि शंका गर्दै पुनलाई पक्राउ गर्न खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment