Comments Add Comment

साउथ एशिएन सुपरस्टार भिडेका आशुसेनको नयाँ गीत

asushsenकाठमाडौं । प्राय आफ्नै शब्द र संगीतमा गाउँछन् आशुसेन लामा । हालै रिलिज भएको उनको गीत काठमाडौं, पोखरा अनि धरान बोलको गीतले उनलाई थप चर्चामा पुर्‍याएको छ ।

डेढसय भन्दा बढी गीतको संगीत संयोजन गरेका लामाकै स्वरमा ६० बढी गीत रेकर्ड भएको छ । उनको गीतमा केबल माया प्रेमका प्रसंग मात्रै हुँदैन । कतिपय गीत मार्फत देशको परिचय दिएका छन् त केही गीत मार्फत जातीय सद्भावका कुरा पनि गरेका छन् । उनको यो पछिल्लो गीतमा भने माया प्रेम अनि भुगोलको कुरो समेटिएको छ । ‘अहिलेका पुस्तालाई मन पर्ने खालको गीत गाउने प्रयाश गरेको छु’ उनले भने ।

सन २००८ मा साउथ एशियस स्टारको उपाधी जितेका आशुसेनले स्टज मार्फत पनि दर्शकलाई मनोरञ्जन दिएका छन् । स्वदेश एवं विदेशमा आयोजना भएका धेरै स्टेजमा उनले दर्शकको वाह वाही पाएका छन् ।

केटीको स्वरमा समेत गाउनसक्ने क्षमता राख्ने यी गायकले साउथ एशियन स्टार भएपछि सुपरस्टारका लागि भिडे । त्यहि क्रममा हिन्दी, अंग्रेजी, बंगाली, तमिल अरबीक धेरै भाषामा गाएका छन् । उनी भन्छन् ‘साउथ एशियन सुपरस्टार हुने क्रममा धेरै भाषामा गाँए’ ।

नेपाली संगीतमा केहि गर्ने सोचमा रहेका आशुसेनले इन्डियन आईडल प्रशान्त तामाङको स्वर रहेको अरे क्यानम…बोलको गीतमा संगीत संयोजन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment