Comments Add Comment

लामो बिदा बस्दै हुनुहुन्छ ? निजामती किताबखानामा रेकर्ड गराउनुस्

Ministry-of-General-Administration,-Samanya-Prashasn-mantralaya७ पुस, काठमाडौं । तपाईं सरकारी कर्मचारी हुनुहुन्छ र लामो समयसम्म विदा बस्ने योजनामा हुनुहुन्छ ? त्यसो हो भने विदाको पूर्वजानकारी निजामती किताबखानालाई गराउनुहोला ।

निजामती किताबखानाबाट विदाको विवरण अध्यावधिक भएपछिमात्रै विदा स्वीकृत गर्ने प्रक्रिया सामान्य प्रशासन मन्त्रालयले थालेको छ ।

यसअघि निजामती कर्मचारीले त्यस्तो अध्ययन, असाधारण विदा लिँदा त्यसको रेकर्ड निजामती किताबखानाले राख्ने गरेको थिएन ।

असाधारण विदामा बस्ने कर्मचारीको विवरण रेकर्ड नहुँदा एउटै कर्मचारी पटक-पटक विदामा बस्ने समस्या दोहोरिएपछि यस्तो प्रयास गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले त्यसका लागि रेकर्ड सिस्टम बनाएर कार्यान्वयन गर्न निजामती किताबखानालाई निर्देशन पनि दिएको छ ।

विदामा बस्नुपूर्व नै रेकर्ड राख्नुपर्ने विषयमा मन्त्रालयले एक वर्षअघि नै निर्णय गरेपनि कार्यान्वयनमा आएको थिएन । एक बर्षपछि मन्त्रालयले उक्त निर्णयलाई कार्यान्वयन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment