७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ । र, कालोमोसो दलिएको छ ।
कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो । र, रिट निवेदक ओमप्रकाश अर्यालसहित उनी पक्षका वकिलहरुले बहस गरेका छन् ।
कार्की भने तारेख बुझ्न करिव सवा ४ बजेतिर अदालतमा उपस्थित भए । गाडीबाट झरेर ८ नम्बर शाखामा गएका उनले तारेख बुझेको हस्ताक्षर गर्नै लाग्दा अक्रमण भएको छ । एक युवकले उनको अनुहारमा मोसो दले र नेकपा माओवादी जिन्दावाद भन्दै नारा लगाए । त्यहाँ रहेका कर्मचारी र सुरक्षाकर्मीले युवकलार्इ पक्राउ गर्न खोजे भने झ्याल ढोका गरियो ।
कालोमोसो दलेर भागेका युवक बाहिर आइनपुग्दा प्रहरीले पक्राउ गरेको छ । उनीसँगै अर्का एक युवक पनि पक्राउ गरे । लोकमान सिंह कार्की भने मुख धोएर बाहिर निस्किए । तर, उनको अनुहारमा त्यो दाग देखिन्थ्यो ।
अख्तियारका निलम्बित प्रमुख लोकमानमाथि आक्रमण गरी मोसो दल्ने दुई युवा विप्लव माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रहेको खुलेको छ । उनीहरु पार्टीको योजनाअनुसार नै लोकमानलाई मोसो दल्न सर्वोच्च अदालत छिरेका थिए ।
[sam_list] संयोग नै मान्नुपर्छ कार्कीमाथि अदालतमा अक्रमण भइरहँदा उनको निजी वेबपेजबाट चेतावनीपूर्ण अपील सार्वजनिक गरिएको छ । जसमा उनले फूसँग धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु रहेको भन्दै कुनै पनि बेला खोल्न सक्ने धम्की दिएका छन् ।
अदालतमै भएको आक्रमणबारे भने उनले अर्को विज्ञप्ति निकालेर आफूविरुद्ध हुँदै आएको षड्यन्त्रपूर्ण चालबाजीको एउटा कडी भएको बताएका छन् । घटना भएको केही घन्टापछि विज्ञप्ति जारी गर्दै लोकमानले भनेका छन्, सम्मानित सर्वोच्च अदालत परिसरमा आज मेरो मानमर्दन गर्ने नियोजित उद्देश्यबाट भएको घृणित कार्यले मलाई स्तब्ध र दुःखी बनाएको छ ।
उनले न्यायालयबाट न्याय पाउने आशा भने अझै गुमाइनसकेको समेत बताएका छन् ।
भिडियो
प्रतिक्रिया 4