चलचित्र ‘दर्पण छाया २’को प्रदर्शन मिति नजिकिदै गर्दा धेरै दर्शकले नायक दीलिप रायमाझीलाई संझिएका छन् । यहि, चलचित्रले नायक रायमाझीलाई चर्चित बनायो । नेपाली चलचित्र क्षेत्रमा कुनै समय दीलिप ३ सेड्यूलमा काम गर्थे । तर, अहिले उनै चर्चित नायक अमेरिका पुगिसकेका छन् ।
दीलिपसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
नेपालबाटै ग्रीन कार्ड लिएर अमेरिका पुगेका उनी परिवारका लागि पनि यो कदम चाल्नु परेको सुनाउँछन् । सबै चाँजोपाजो मिलाएपछि दीलिप अहिले नेपालमै छन् । उनी, अब आफू नेपाली चलचित्रमा नै सक्रिय हुने बताउँछन् ।
दीलिपले रमाइलो कुराकानीका क्रममा भने-‘मलाई निरुता सिंह, रेखा थापा, विपना थापासँग काम गर्दा सजिलो लाग्थ्यो ।’ कुन नायिकालाई बोक्न गाह्रो हुन्थ्यो भन्ने प्रश्नमा उनले भने-‘त्यस्तो गाह्रो कसैलाई पनि भएन । जल शाहलाई त बोकेँ मैले ।’
श्रीमतिसँग फेसबुकको पासवर्ड लुकाउँने दीलिपले यूवतीहरुले अहिले पनि ‘आइ लभ यू’ भन्छन् कि भन्दैनन् भन्ने प्रश्नको जवाफ नै दिएनन्, बरु लजाए । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा यी चर्चित हिरोले करिअर, अमेरिकाको जीवन र नेपाली चलचित्रको बिषयमा बोलेका छन् ।
प्रतिस्पर्धा नहुँदा धेरै कुराहरुमा ध्यान नदिएको बताउने दीलिप अब ज्यान बनाउने बताउँछन् । आफूले मिहिनेत गरेपनि ज्यान लागेको उनले सुनाए । भने-‘अब म सिक्स प्याक बनाउँछु ।’
प्रतिक्रिया 4