काठमाडौं । आधुनिक फेसनवारे जानकारी दिने उद्देश्यले कायरा बुटिकले आयोजना गर्ने फेसन शोका लागि शनिवार उत्कृष्ठ मोडल अडिसनवाट छानिने भएको छ ।
कायरा बुटिककी सञ्चालक रोजिना श्रेष्ठका अनुसार ५० जना मोडलवाट उत्कृष्ठ १० जना छानिने भएका छन् । प्रशान्त ताम्राकार, राजभाई सुवाल, स्वस्तीमा खड्का र निलम शाह ढकालले उत्कृष्ठ मोडल छान्ने भएका छन् ।
कार्यक्रम माघ दोस्रो साता हुने जानकारी दिँदै रोजिनाले केहि फ्रेस मोडललाई प्रशिक्षण दिन पर्ने भएकाले शनिवारै मोडल छान्न लागेको जानकारी दिइन् । उक्त शोमा मेलिना मानन्धर, ऋचा शर्मा, वर्षा राउत, स्वस्तीमा खड्का, निलम शाह ढकालले पनि क्याटवाक गर्ने छन् । रामकृष्ण ढकाल र धिरज राइको सांगीतिक प्रस्तुति रहने भएको छ ।
उनले हरेक वर्ष हुने कार्यक्रममा पाँच जना नायिकालाई र्याम्पमा उतार्दै आएकी छिन् ।

फेसनवारे आम मान्छेलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागेको रोजिनाको भनाई छ । हरेक वर्ष फेसनवारे जानकारी दिँदै यस्तै कार्यक्रम गरेको धारणा राख्दै रोजिना भन्छिन् ‘फेसन भन्ने कुरा हरेक वर्ष परिवर्तन हुन्छ, कसलाई कस्तो सुहाउँछ जानकारी दिनका लागि कार्यक्रम गर्छौ’ ।
प्रतिक्रिया 4