+
+

प्रभु बैंकले १० बराबर चारको अनुपतमा हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ८ गते १८:४१

prabhu-bank-agm
८ पुस, काठमाडौं । प्रभु बैंक लिमिटेडको १५औं वाषिर्क साधारणसभा भएको छ । सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा भएको साधारणसभाबाट सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष ०७२/०७३ को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको हो ।

वाषिर्क साधारणसभाले १०ः४ (दश सेयर बराबर चार सेयर) को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको छ ।

बैंकले अन्य बंैक तथावित्तीय संस्थाहरु गाभ्ने/गाभिने,एक्विजिसन(प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

साधारणसभाले ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ, जसमा संस्थापक सेयधनीहरुको तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेशसिंह खड्का र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट कुसुम लामा र दक्ष पौडेल -सुभाष) निर्वाचित भएका छन् ।

साथै आजै बसेको नवनिर्वाचित संचालक समितिको बैठकले देवीप्रकाश भट्टचनलाई अध्यक्षमा सर्वसहमतिमा चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?