Comments Add Comment

कुनै मुखुण्डो लगाएर राजतन्त्र फर्कन सक्दैनः रक्षामन्त्री खाँण

balkrishna khad_650

८ पुस, बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढिरहेका बेला रक्षा मन्त्री बालकृष्ण खाँणले भने कुनै मुखुण्डो लगाएर पनि राजतन्त्र र्फकन नसक्ने बताएका छन् ।

शुक्रबारबाट बुटवलमा शुरु भएको १७ औं संस्करणको औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खांणले राजतन्त्रका बारेमा धेरै भ्रम नपाल्न आग्रह गरे । ‘कुनैपनि मुल्य र मान्यतामा नेपालमा राजतन्त्र फर्कन संभव छैन, यो कल्पनै नगर्नुस्’ उनले भने ।

कांग्रेस नेता समेत रहेका मन्त्री खाँडले प्रदेश नम्बर पाँचमा भइरहेको आन्दोलन सकारात्मक भएपनि बन्दका कारण अर्थतन्त्र तहसनहस भइरहेको भन्दै त्यसतर्फ पनि सोच्न आग्रह गरे । ‘लुम्बिनी प्रदेशकेा विकासका लागि पो पो बन्द गर्ने हो, विकासका लागि प्रतिकुल प्रभाव पार्ने बन्द नर्गनुस्,’ उनले भने ।

उनले जनताको हित विपरित सरकार अघि बढ्न नसक्ने बताए । ‘संशोधन प्रस्ताव दर्ता गर्ने बेला पनि प्रधानमन्त्रीलाई मैले भनेकै छु, दुर्इ तिहाई बहुमत पुग्ने सुनिश्चितता हुनैपर्छ, पास भएन भन के गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment