Comments Add Comment

‘सेयर कर्नरिङ’ साधारण लगानीकर्ताले बुझ्नै पर्ने कुरा

shareसेयर बजारमा कर्नरिङ नौलो विषय होइन । नेपालमा पनि सेयर कर्नरिङ हुने गरेको कुरामा भने अहिले फरक-फरक मत पाइन्छ । धेरैले अहिले दैनिक ५० करोड हाराहारीमा बजारमा कारोबार भइरहेकोले ठुला लगानीकर्ता भनेर पहिचान गर्न नै गाह्रो भएकोले उनीहरुबाट सेयर कर्नरिङको सम्भावना नभएको तर्क गर्छन् ।  तर केही भने अहिले पनि बजारमा सेयर कर्नरिङ भइरहेको र यस्तो गर्न सकिने तर्क गर्छन् ।

तर कसरी ?

‘हाम्रो बजारमा अहिले पनि सक्रिय लगानीकर्ता नियमित कारोबार गर्ने) को संख्या निश्क्रिय लगानीकर्ताको भन्दा कम नै छ । त्यस्तै, कतिपय सेयर लगानी नगर्ने गरी फ्रिज भएका हुन्छन्, यी सबैलाई हेरेर लगानीकर्ताहरु कुनै निश्चत कम्पनीको सेयर कर्नरिङ गरिरहन्छन्,’ एक विश्लेषकले भने ।

मानौं, कुनै ‘ए’ कम्पनीको एक लाख कित्ता सेयर सर्वसाधारणसँग रहेको छ । बजार स्रोतहरुका अनुसार यसमा लगभग २५ प्रतिशत सेयरलाई निश्क्रिय सेयर मान्न सकिन्छ । त्यस्तै, कम्पनीको निर्वाचनमा आफ्नो पकड जमाउने उदेश्यले बिभिन्न इन्ट्रष्ट ग्रुपसँग लगभग १५ देखि २० प्रतिशत सेयर रहेको हुन्छ । यस्तो सेयर कारोबारको लागि हत्तपत्त आउँदैनन् ।

यस आधारमा हेर्दा सर्वसाधारणमा रहेकोमध्ये लगभग ५० प्रतिशत मात्र सेयर बजारमा कारोबारको लागि उपलब्ध हुन्छ । यी सेयर दुई वा दुईभन्दा बढि समूहले कर्नरिङ गरेर राख्न सक्छन र मूल्य थप घट्नबाट बचाइराख्ने गर्छन् । कतिपय संस्थागत लगानीकर्ताहरु समेत मूल्य वृद्धि भइरहदा आफुलाई पनि फाइदा हुने भएपछि अवसर कुरेर बस्छन् । कतिपय समयमा भने यस्ता लगानीकर्ताहरुबीच अघोषित साँठगाँठ नै पनि हुने गरेको दाबी स्रोतको छ ।

यसअघिका भएको सेयर कर्नरिङका केही उदाहरण

सामान्य लगानीकर्ताले पनि समयसमयमा केही कम्पनीहरुको सेयर कर्नरिङ भएको महसुश नगरेका भने होइनन् । बजारमा ‘सुनियोजित रुपमा बिक्रीकर्ता नहुने’ समस्या नै कर्नरिङ हो । नेको इन्स्योरेन्स र पि्रमियर इन्स्योरेन्सको मर्जर तोडिएपछि धेरै लगानीकर्ताले ती कम्पनीको बजारमा सेयर किन्ने प्रयत्न गरे । तर लगानीकर्ताहरुले मिलोमतोमा सेयरको मूल्य १ हजार आसपास नपुगेसम्म सहज आपुर्ती गराएनन ।
अर्को उदाहरणका रुपमा एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार पनि हो ।

एभरेष्ट इन्स्योरेन्सका दुई लगानीकर्ता राजेन्द्र खेतान र निरञ्जन कुमार टिवडेवालाबीच चलेको द्वन्द्वको समयमा पनि कम्पनीको मूल्य पनि १ हजार माथिसम्म पुर्‍याइयो । त्यसलगत्तै टिवरेवाला समूह पनि बाहिरिएको खबर आयो ।

पछिल्लो उदाहरण मुक्तिनाथ बिकास बैंक पनि हो । बैंकले २ बराबर १ हनुपातमा हकप्रद दिँदा समायोजनअघि १६१५ रुपैयाँसम्म पुर्‍याए । त्यसपछि त्यो मूल्यलाई पुन कायम राख्ने प्रयत्न गरियो । हुनतः बैंकले थप ३६ प्रतिशत बोनस दिने भएको थियो । सोही कारण बैंकको मूल्य वृद्धि भएको मान्न त सकिएला तर १२ सयको तहमा आइसकेको बैंकको मूल्य पुन १५२९ रुपैयाँ पुग्नु स्वाभाविक नै थिएन ।

बैंकको बोनस सेयर समायोजनपछि मूल्य पुनः एक हजारको तहमा आएको थियो । यसपटक पनि मूल्य बढाउने प्रयास गरिएको थियो तर सम्भव भएन । बैंकले अझै ४० प्रतिशत १० बराबर ४ अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । तर मूल्य भने ७ सय ७० मा आएको छ ।

सेयर कर्नरिङको सम्भावना चुक्ता पूँजी कम भएका कम्पनी, ठूला लगानीकर्ताहरुको पकडमा रहेको कम्पनीहरुमा अझ धेरै हुने विश्लेषकहरु पनि बताउँछन् । कर्नरिङको समस्या रोक्न नै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सेयर जारी गर्ने कम्पनीको चुक्ता पूँजीको आधारमा निश्चित सेयर डिम्याट नहुँदासम्म सेयर कारोबार नै खोल्ने गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment