+
+
Shares

२३ वर्षपछि ‘मदनको घर’मा पुगिन् राष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ९ गते २०:०७

bidhya-bhandari-1

९ पुस, विराटनगर । राष्ट्रपति विद्या भण्डारी राष्ट्र प्रुमख भएपछि पहिलो पटक मोरङको इटहरास्थित आफनो पुरानो घरमा पुगेकी छन् ।

जननेता मदन भण्डारीसँग विवाह वन्धनमा वाँधिएर कर्मथलो बनाएको घरमा राष्ट्रपति भण्डारीले शनिबार अपराहृन करिव २ घण्टा विताएकी छन् । यसको चाँजोपाँचो भने मदन भण्डारी स्मृति प्रतिष्ठनले ‘मदनग्राम प्रवर्द्धन कार्यक्रममार्फत मिलाएको थियो ।

bidhya-bhandari

राष्ट्रपति भण्डारीले घरमा प्रवेश गर्नु अघि आगनमा रहेको तुलसीको वोटमा पूजाअर्चना गरिन् । लगतै दुई तले काठको घरमा प्रवेश गरिन् । ‘वर्षौं पछि भण्डारीले यो घरमा प्रवेश गर्नु भएको हो, यसले विगतको यादलाई पुनः ताजा वनाइदिएको छ, भण्डारीकी काकी खिलामाया अधिकारीले भनिन् ।

खिलमायाका अनुसार २०४५ सालमा मदन भण्डारीसँग विवाह गरेपछि विद्यादेवि भण्डारी यो घरमा चार्डपर्वका समयमा आउजाउ गर्थिन् । विद्यार्थी राजनितिमा होमिएकाले धरैजस्तो समय विराटनगरमा वित्थ्यो ।

मदन भण्डारीका काइला भाइ प्रेम भण्डारीका अनुसार विद्या भण्डारीको परिवारले २०५० सालदेखि यो घर छाडिसकेका छन् । ‘बुबा देविप्रसाद र आमा चन्द्रकलाको निधनपछि मदनको यो घर वेवारिसे जस्तो भएको थियो । अहिले भने मदन भण्डारी स्मृति प्रतिष्ठानले संरक्षा आएको छ, भण्डारीले भने ।

bidhya-bhandari-2

प्रेम भण्डारी पनि सपरिवार उर्लावारीमा वस्दै आएका छन् । २०३१ सालमा ताप्लेजुङ ढुगेसागुवाट वसाई सारी भण्डारी परिवार इटहरामा आएको थियो । पुरोनो काठको घर भत्किएपछि सोही डिजाइनको काठको घर अहिले तयार पारिएको छ ।

प्रतिष्ठानले घर जग्गा रेखदेखको जिम्मा धनश्याम भण्डारीलाई दिएका छन् । उनलाई १५ कÝा जग्गा भोगचलन र घरको भुईतलामा वस्न दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?