+
+
Shares

कवि जीवन खत्रीलाई दक्षिण कोरियामा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १२:२३

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • कवि र कलाकार जीवन खत्रीलाई दक्षिण कोरियामा सम्मान गरिएको छ, जसले नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याएका छन्।
  • २०२० मा कोरियामा प्रकाशित नेपाली कविताको संग्रह 'यो मेशिनको सहर हो' को आधारमा बनाइएको डकुमेन्ट्री चलचित्र 'मेसिनको देशमा' लाई अन्तर्राष्ट्रिय महोत्सवमा सम्मान प्राप्त भयो।
  • काठमाडौंको खत्रीले आफूलाई प्राप्त सम्मान नेपाली कविहरू र साहित्यिक क्षेत्रमा काम गरिरहेका नेपालीहरूको सम्मान मान्दै बताए।

काठमाडौं । कवि तथा कलाकार जीवन खत्रीलाई दक्षिण कोरियामा सम्मान गरिएको छ ।

गत शनिबार २६औं जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापनको क्रममा खत्रीलाई सम्मान गरिएको हो ।

खत्री सहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलिप बान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवको क्रममा रातो कार्पेट सहित सम्मान गरिएको थियो ।

जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरियाका तीन प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो । सन् २०२० मा कोरियामा रहेर कविता लेखिरहेका ३५ नेपाली कविहरूको ७० कविता वटा कविताको संग्रह ‘यो मेशिनको सहर हो’ प्रकाशित भएको थियो । त्यही कृतिको आधारमा डकुमेन्ट्री ‘मेशिनको देशमा’ निर्माण गरिएको थियो । लि गिजु र मोहन कार्कीले कोरियन भाषामा अनुवाद र कवि पराजित पोमुले सम्पादन गरेको यो कृतिले चर्चा पाएको थियो ।

आयोजकका अनुसार चलचित्र महोत्सव लागि विश्वभरबाट २ हजार ४९७ चलचित्रहरू पेस गरिएका थिए । महोत्सवमा ५७ देशका २२४ चलचित्रहरू (१४८ फिचर चलचित्रहरू र ७६ छोटो चलचित्रहरू) प्रदर्शन गरिएका थिए । ३० अप्रिलदेखि ९ मेसम्म भएको अन्तर्राष्ट्रिय महोत्सवमा ‘मेसिनहरूको देशमा’ ले उत्कृष्ट हुँदै समापन शो पाएको थियो ।

१२ वर्षदेखि कोरियामा रहेका खत्री रोजगारीसँगै साहित्य क्षेत्रमा सक्रिय छन् । आफूले अपेक्षा गरेको भन्दा बढी ‘रेड कार्पेट सम्मान’ पाएको कवि खत्रीले बताए ।

‘यो सम्मान पुस्तकमा समावेश सबै कवि, कोरियामा रहेर कविताकर्म गरिरहनु भएका आम नेपाली कविहरूको पनि हो । यो सम्मान, नेपालकै सम्मान हो,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?