+
+
Shares

दीपिका-रणवीरको ‘पद्यमावती’ सेटमा दुर्घटना, एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १० गते १३:१८

deepika-and-ranbir
नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह अहिले चलचित्र ‘पद्यमावती’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई संजयलिला भन्सालीले निर्देशन गरिरहेका छन् ।

यहि,चलचित्रको सेटमा गम्भिर दुर्घटना भैरहेको छ । मुम्बइको फिल्म स्टूडियोमा सेट तयार गरिरहँदा एक जना व्यक्तिको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

३४ बर्षका मुकेश नाम गरेका प्राविधिकको खसेर मृत्यु भएको हो । उनी फिल्म स्टूडियोमा तयार भैरहेको सेटमा रंग लगाइरहेका थिए । निर्देशक संजयलिला भन्सालीले मुकेशको निधनमा दुख व्यक्त गरेका छन् । उनले, निधन भएका मुकेशको परिवारलाई सहयोग गर्ने बचन दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?