+
+
Shares

विवेक शाह र सुधीर शर्माले झूठो इतिहास लेखेको बाबुरामको गुनासो (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ११ गते १७:५५

maile-dekheko-darbar-prayogshala

११ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दरबारका पूर्वकर्मचारी विवेश शाह र पत्रकार सुधीर शर्माले आफ्ना पुस्तकमा जनयुद्धबारे झूठो इतिहास लेखेको र सच्याउन आग्रह गर्दा पनि नसच्याएको आरोप लगाएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा डा. भट्टराईले यस्तो गुनासो गरेका हुन् । जनयुद्ध हाँक्ने प्रचण्ड र बाबुराम जिउँदै भएका बेला झूठो इतिहास लेखिएको उनले बताए ।

‘खासगरी दरबारमा हुर्केका एकजना जर्नेल (विवेक शाह) ले मैले देखेको दरबार भन्ने पुस्तकमा कुनै तथ्य नभएको कुरालाई लेखिदिए’ डा. भट्टराईले कार्यक्रममा भने, ‘प्रयोगशाला भन्ने अत्यन्त चर्चित पुस्तक छ, त्यहाँ पनि उहाँ (सुधीर शर्मा) ले त्यसैलाई आधार मानेर कोट गर्दिनु भो ।’

नेपालकै भूमिमा नेपालीले सञ्चालन गरेको जनयुद्धलाई विदेशमा सञ्चालित भनेर यी पुस्तकहरुमार्फत भ्रम छरिएको गुनासो डा. भट्टराईको थियो । उनले भने- ‘अहिले त्यही कुरा, माओवादी जनयुद्ध, कहीँबाट सञ्चालित थियो, हातहतियार, ट्रेनिङ पनि अमूक ठाउँमा कुनै एउटा बाह्य शक्तिले गरेको थियो भन्ने सरासर झूठो कुरो नेपालमा बिक्री भइराखेको छ ।’

आफूले पुस्तकका लेखकलाई यस्तो कुरो सच्याउन भन्दा पनि नसच्याइकन बिक्री गरिरहेको डा. भट्टराईले बताए । ‘मैले ती लेखकलाई पनि भनें, तपाईले झूठो कुरो लेख्नुभएको छ, अर्को संस्करणमा सच्याउनोस्,’ भट्टराईले भने- ‘तर, उहाँले जे बिक्छ….नाफाको निम्ति जे पनि गर्ने प्रवृत्ति छ, त्यो अहिलेसम्म सच्चिएको छैन ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?