Comments Add Comment

एडिलेडमा मार्च २५ मा नेपाल फेस्टिवल हुने

nepal-festival-adilade२८ डिसेम्बर, एडिलेड । अष्ट्रेलियामा गैरआवासीय नेपाली संघको ब्राण्ड इभेन्ट्सका रुपमा स्थापित ‘नेपाल फेस्टिवल’को एडिलेड संस्करण आगामी मार्च २५ तारिखमा हुने भएको छ ।

गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलिया मंगलबार नेपाल फेस्टिवलको मिति र नारा सार्वजनिक गरेको हो । यो फेस्टिवलको नारा ‘सेलिब्रेट कल्चर, एक्सप्रियन्स नेचर’ राखिएको छ ।

गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलियाका सचिव नविन पन्तका अनुसार क्यानबेरास्थित नेपाली राजदूतावास, साउथ अष्ट्रेलियाका लागि नेपाली महाबाणिज्यदूतावास र एडिलेडस्थित नेपाली सामुदायिक संस्थासँगको सहकार्यमा एनआरएन साउथ अष्ट्रेलियाले फेस्टिवल आयोजना गर्न लागेको हो ।

सन् २००६ देखि हरेक दुईदुई बर्षमा गैरआवासीय नेपाली संघले नेपाल फेस्टिवल आयोजना गर्दै आएको छ । यो बर्ष बि्रसबेन, सिड्नी र मेलवर्नमा नेपाल फेस्टिवल आयोजना भइसकेका छन् ।

अन्य राज्यमा भएका नेपाल फेस्टिवल जस्तै एडिलेडमा पनि नेपालका पर्यटकीय गन्तब्य तथा नेपाली बस्तुहरुको प्रर्बद्धन गर्ने उदेश्यले फेस्टिवल आयोजना गर्न लागिएको हो । फेस्टिवलमा नेपालसहित बिभिन्न देशबाट पाहुनाहरु सहभागि हुने र अष्ट्रेलियाका अन्य राज्यहरुबाट पनि गैरआवासीय नेपालीहरुको ठूलो सहभागिता गराइने पन्तले जानकारी गराए ।

नेपाल प्रर्बद्धनका लागि बिभिन्न स्टल, नेपाली सांस्कृतिक परेड, नेपाल हाउस तथा नेपाली खानाका स्टलहरु तथा नेपाली सास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु राखिने उनले जानकारी दिए ।
स्थानीय हिन्दमार्स स्क्वायरमा हुने कार्यक्रममा हजारौैं नेपाली तथा बिदेशी नागरिकलाई सहभागी बनाउने आयोजक एनआरएन साउथ अष्ट्रेलियाले लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment