Comments Add Comment

रेफ्रीमाथि मुक्का प्रहार, चार भलिबल खेलाडीमाथि लाग्यो एक वर्षे प्रतिवन्ध

7th-national-game

१२ पुस, इटहरी । रेफ्रीमाथि हातपात गरेपछि नेपाल भलिबल संघले चार खेलाडीमाथि एक वर्षे प्रतिवन्ध लगाएको छ ।

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत इटहरी रंगशालामा मंगलबार पश्चिमाञ्चल र त्रिभुवन आर्मीबीच सेमिफाइनल खेल भएको थियो ।

खेलका क्रममा पश्चिमाञ्चलका खेलाडीहरुले रेफ्री विनय राईमाथि आक्रमण गरेका थिए । एक सेट पश्चिमाञ्चलले जितेको थियो भने दुई सेट आर्मीले आफ्नो पक्षमा पारिसकेको थियो ।

चौथो तथा निर्णायक सेटमा पनि चौथो आर्मीले २१-११ को अग्रता लिइसकेको थियो । पूर्वाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष विश्वराज धिमालका अनु्सार खेलमा पछि परेको अवस्थामा पश्चिमाञ्चलका खेलाडीहरुले खेल भावना विपरित गतिविधि गर्न थाले ।

उनीहरुले विपक्षी टिमले सर्भिस गरेको बललाई लात्ताले हानेर उडाइदिनेदेखि रेफ्रीलाई नै लक्षित गरेर बल हान्ने प्रयास गरेका थिए । खेल आर्मीले जितेपछि हात मिलाउने क्रममा पश्चिमाञ्चलका खेलाडीहरुले रेफ्रीमाथि नै मुक्का हानेका छन् ।

रेफ्रीमाथि हातपात र खेलभावना विपरित लगतिविधि गरेको आरोपमा पश्चिमाञ्चल भलिबल टोलीका लोकेन्द्र भण्डारी, राजन थापा, रमेश केसी र सञ्जु राना मगरमाथि संघले गर्ने कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने गरी एक वर्षे प्रतिवन्ध लगाइएको छ ।

भोलिको फाइनलमा भने दुबै पक्षलाई कागज गराएर मात्र खेलाइन सुनसरी भलिबल संघका लेखनाथ पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment