+
+
Shares

अमेरीकी डलरको भाउ बुधबार १ सय ९

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १३ गते १२:०७

१३ पुस, काठमाडौं । बुधबार अमेरीकी डलरको भाउ बढेर प्रतिडलर १ सय ९ रुपैयाँ कायम भएको छ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार केहि दिन १ सय ८ रुपैयाँ कायम भएको अमेरीकी डलरको भाउ बुधबार फेरी उक्लेर १ सय ९ रुपैयाँमा आइपुगेको हो ।

गत शुक्रबार प्रति डलर १ सय ९ रुपैयाँमा कारोबार भएको अमेरीकी डलर केहि दिन घटेर १ सय ८ मा कारोबार भएको थियो। तर बुधबार फेरी यसको भाउँ बढेको छ।

गत नोभेम्बर २९ तारिखमा यसको भाउ बढेर १ सय १० रुपैयाँ सम्म कायम भएको थियो। एक वर्षमा यसको भाउँ झन्डै चार रुपैया बढेको देख्न सकिन्छ।

गत जनवरी १ मा १ सय ५ रुपैयाँमा कारोबार भएको भाउ अहिले ४ रुपैयाँ बढेर १ सय ९ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?