Comments Add Comment

मलाइकाले १५ करोड मागेपछि तनावमा सलमान खानको परिवार

arbaj-and-malaika-arora
आइटम गल मलाइका अरोर खान र निर्माता तथा कलाकार अरवाज खानविच डिभोर्सको प्रक्रिया चलिरहेको छ । अरवाजले डिभोर्स रोक्नका लागि कैयौ कोशिश गरेपनि मलाइकाको जिद्दीका कारण नसकेको बताएका छन् ।

मुम्बइको बान्द्रास्थित फेमिली कोटमा अहिले यसको मुद्दा चलिरहेको छ । मलाइकाले डिभोर्स पश्चात चर्को रकम माग गरेपछि अहिले खान परिवार तनावमा रहेको चर्चा सुरु भएको छ ।

मलाइकाले विभिन्न नाम दिएर १५ करोड रुपैयाँ मागेकी छिन् । उनले फेमिली कोटमा १५ करोडको डिमाण्ड गरेपछि अरवाजले यत्रो रकम दिन नसक्ने बताएका छन् । वकिलले अदालतमा अरवाजको आर्थिक अवस्था कमजोर रहेकाले यति धेरै रकम दिन नसक्ने बताएको मिडियामा उल्लेख छ ।

मलाइकाले मुम्बइको पेश बान्द्रामा ३.५ करोडको फ्ल्याटको डिमाण्ड गरेकी छिन् । यस्तै, छोराको नाममा २.५ करोडका फिक्स डिपोजिट खाताको माग पनि उनले गरेकी छिन् । छोराकै लागि २ करोडको कार, छोराको पढाइका लागि हरेक महिना ५ लाखका दरले २१ बर्षसम्म रकम दिनुपर्ने माग मलाइकाको छ ।

उनले आफ्ना लागि ५ करोड एलुमनी पनि मागेकी छिन् । एलिमनी त्यो रकम हो, जुन डिभोर्सपछि पुरुषले महिलालाई दिदै आएका छन् । मलाइकाको यो डिमाण्डको बिषयमा अदालतले कुनै फैसला गरेको छैन । तर, उनको यस्तो डिमाण्डले खान परिवारमा भने तहल्का मच्चिएको छ । १८ बर्ष अगाडि बिहे गरेका मलाइका र अरवाज अब डिभोर्सको अन्तिम चरणमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment