+
+
Shares

बाढी पीडितलाई झापाली समाज अष्ट्रेलियाको साढे ३ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १३ गते १६:४५

jhapali-samaj-australia-help

२८ डिसेम्बर, अष्ट्रेलिया । झापाली समाज अष्ट्रेलियाले गत वर्षातमा झापा जिल्लामा आएको बाढीमा ज्यान गुमाएकाका परिवारलाई साढे तीन लाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ । झापाली समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले उक्त रकम बराबरको चेक नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीलाई हस्तान्तरण गरे ।

रकम मृतकका परिवारलाई दामासाहीले वितरणका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दीपक खनाल र सचिव रुपराज मैनालीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

झापाली समाज अष्ट्रेलियाको अगुवाईमा संकलित राहत रकमका लागि अष्ट्रेलियामा बस्ने ४२ जनाले सहयोग प्रदान गरेका थिए ।

सहयोग गर्नेहरुमा अशोक उप्रेती, दीपेन्द्र ओडारी, जबिन श्रेष्ठ, रूपक चुडाल, मदन धौराली, अरुण ढकाल, अजय राजबंशी, राजकुमार गोश्वामी, तेज उप्रेती, नेत्र पौड्याल, कर्ण राजबंशी छन् ।

यसैगरी मीना अधिकारी, रूपराज मैनाली, दीपक चुडाल, युवराज उप्रेती, सुरज खनाल, प्रबिन चौहान, दिनेश पोखरेल, राजन सिटौला, अरुण बिमली, रोशन ओली, अशोक ओलीले पनि सहयोग गरेका छन् ।

पुण्य सुबेदी, दीपक खनाल, नीरज बास्तोला, उमेश पोखरेल, मुकेश रेग्मी, इन्द्र न्यौपाने, भबानी ओली, भुपाल सिटौला, निजन चौलागाईँ, पारस सिटौला, धर्मेश राजबंशी, नबीन खनाल, खिलेन्द्र तिम्सिना, समीर प्रसाईं, मञ्जला सिटौला, डा. जगदीश तिम्सिना, अभय प्रसाई, टोम उप्रेती, दीपेश पोखरेल, भुमा लिम्बूले पनि आर्थिक सहयोग गरेको झापाली समाज अष्ट्रेलियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?