Comments Add Comment

छुट्टाछुटै दुर्घटनामा ३ को मृत्यु

१४ पुस, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाका छुट्टाछुटै दुई स्थानमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

accidentपूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा–६ स्थित सडकमा बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्जन्हा–७ निवासी ६५ वर्षीय छट्टुलाल कुर्मीको मृत्यु भएको हो ।

बा ३ च ३४७० नम्बरको बलेरोले राति १० बजेतिर कुर्मी सवार स३प ३९२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लडेर गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका–१ स्थित राजमार्गमा राति ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३० प १४७४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना ४ त ७०५५ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका १० निवासी ३० वर्षीय शरण ठकुरीको मृत्यु भएको छ ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक ठकुरीलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा बालकको मृत्यु

भैरहवा–भुमही सडक खण्ड अन्तर्गत नवलपरासीको हकुईमा आज भएको दुर्घटनामा परी १ बालकको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी करिब १० वर्षीय बालक बाल बिकास सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्ना आमा बाबुसँग लु २ प ७४६४ नम्बरको मोटरसाईकलमा सवार बालकको परासीदेखि भैरहवा तर्फ जाँदै गरको एच आर ५५ डब्लु ५९७४ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा दुर्घटनामा परी मृत्यु भएको हो ।

दुर्घटनामा परी बालकका हकुई ८ निवासी बुवा बाजे सहानी र आमा कुन्ती सहानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइते आमा बुवाको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment