+
+
Shares

धुर्मुस-सुन्तलीका लागि स्पेनमा भित्ते पात्रो बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १४ गते १३:४४

onf-spain

बार्सिलोना । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को तेश्रो एकीकृत बस्ती निर्माण सहयोगका लागि रकम संकलन गर्न स्पेनमा भित्ते पात्रो बिक्री सुरु गरिएको छ। प्रवासी नेपाली मञ्च स्पेनले अँग्रेजी नयाँ बर्ष २०१७ लागि तयार गरेको भित्ते पात्रो बिक्री गर्दै रकम संकलन गर्न सुरु गरिएको हो।

भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण सम्पन्न गरिसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेलगत्तै मञ्चले रकम संकलन गरेर पठाउने निर्णय गरेको थियो।

मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै नयाँ बर्षका लागि तयार गरिएको भित्ते पात्रो सार्बजनिक गरेको छ। पात्रो बनाउँदा बिज्ञापन मार्फत जुटेको ३ सय १५ यूरो मञ्चले धुर्मुस सुन्तलीलाई संस्थागत सहयोग गर्ने निर्णय समेत गरेको छ। बाँकी रकम भित्ते पात्रो बिक्रीबाट स्पेनस्थित संघ संस्था तथा नेपाली समुदायबाट संकलन गर्ने मञ्चले जनाएको छ।

स्पेनका लागि प्रर्यटनदूत दीपक खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

धुर्मुस सुन्तलीलाई सहयोगका जुटाउनका लागि हेमन्त रानाभाटलाई संयोजकको जिम्मेबारी तोकिएको महासचिव लक्ष्मण शर्माले जानकारी दिए। मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुले अंगेजी नयाँ बर्षको शुभ-कामना सहित अभियान सफलताको कामाना गरेका थिए।

मञ्चले यस अघि पनि स्पेनमा रकम संकलन गर्दै म्याग्दी बेगखोलाका बाढी तथा पहिरो पीडित ६४ घर परिवारलाई राहत हस्तान्तरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?