+
+
Shares

श्रद्धा फरहानकै घरमा बस्न थालेपछि शक्ति कपुर लिनै पुगे

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १४ गते १६:३२

shradha-and-farhan
नायिका श्रद्धा कपुरका कारण यतिबेला उनका पिता शक्ति कपुर तनावमा छन् । श्रद्धाको प्रेम प्रसंग त सामान्य मात्र थियो । तर, श्रद्धा अब घर छाडेर प्रेमीसँग नै बस्न थालेपछि शक्तिको तनाव झनै बढेको हो ।

एक बलिउड अनलाइनका अनुसार श्रद्धा एक साता अगाडि घरबाट कपडा लिएर उनका प्रेमी फरहान अख्तरकाे फ्ल्याटमा पुगिन् । फरहान आफ्नी पत्नीसँग अलग भएपछि श्रद्धा र उनको प्रेम चर्चा सुरु भएको हो । तर, एक साता अगाडि घरबाट निस्किएर श्रद्धा फरहानको अपार्टमेन्टमा बस्न थालिन् ।

उनीहरु लिभ इन रिलेशनमा बस्ने तयारीमा थिए । तर, श्रद्धालाई लिन उनका पिता शक्ति कपुर नै फरहानको अपार्टमेन्टमा पुगे । उनले छोरी श्रद्धालाई तुरुन्तै घर र्फकन भने । श्रद्धा पनि कुनै बादबिबाद विना नै शक्तिसँग घर फर्किइन् ।

छोरीको यस्तो क्रियाकलापले अहिले कपुर परिवार तनावमा रहेको भारतीय मिडियामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?