Comments Add Comment

आजबाट ‘सर्मपण’ रिलिज, अन्य २ चलचित्र पनि हलमा

samaprpan-in-chitwan
आजबाट ३ नेपाली चलचित्र हलमा लागेका छन् । आजबाट बसन्त निरौला निर्देशित चलचित्र ‘समर्पण’ हलमा लागेको छ । फायर इन्टर प्राइजेज एण्ड मिडिया प्रालीको ब्यानरमा निर्माण भएको यो चलचित्रको छायांकन नेपाल र बंगलादेशमा गरिएको छ । चलचित्रमा रोजन खनाल, रञ्जु शर्मा, रुवि प्रयास लगायतका कलाकारको अभिनय छ ।

टिकाराम रखाल मगरको लेखन रहेको यो चलचित्रमा कुमार महर्जनको एक्सन, संग्राम तामाङ र विश्वास लामाको नृत्य, दिव्य सुवेदी र जयकुमार दर्लामीको छायांकन छ । यूवा पुस्ताको कथालाई रोचक तरिकाले देखाइएको यो चलचित्रलाई इमरान सिद्धिकीले निर्माण गरेका हुन् ।

यस्तै, आजैबाट चलचित्र ‘चक्र र यू टर्न’ पनि प्रदर्शनमा आएका छन् । ‘समर्पण’को प्रचार सामान्य भएपनि अन्य २ चलचित्रको प्रचार भने निकै कमजोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment