Comments Add Comment

सन् २०१६ एक सेकेण्ड लामो हुने !

2016-one-second-long

१५ पुस, काठमाडौं । नयाँ वर्ष सन् २०१७ आगमनको अन्तिम तयारी भइरहेका बेला सन् २०१६ एक सेकेण्ड लामो हुने वैज्ञानिकहरुले बताएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा वैश्विक घडीमा एक लीप सेकेण्ड जोडिएका कारण यस्तो अवस्था आएको हो ।

वाशिङ्टन डीसीका अमेरिकी नौसेना वेधशालाका मास्टर क्लाक फेसिलिटीमा समन्वित वैश्विक समय-युटीसीका अनुसार २३ बजेर ५९ मिनेट ५९ सेकेण्डमा अतिरिक्त सेकेण्ड जोडिने छ ।

मानक समयका अनुसार एक जनवरीको बिहान ५ बजेर २९ मिनेट ५९ सेकेण्डमा यो प्रभावी हुनेछ ।

ऐतिहासिक रुपमा समय पृथ्वीद्वारा खगोलीय पिण्डको परिक्रमामा निर्भर गर्दछ भन्दै यसै सन्दर्भमा सेकेण्डलाई परिभाषित गरिन्थ्यो । एटोमिक क्लकको आविष्कार पछि यससँग जोडिएका सन्दर्भहरु परिवर्तन भए र अब सेकेण्ड पृथ्वीको परिक्रमाबाट अलग भएको छ ।

– जी न्यूजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment