Comments Add Comment

सडकको अवस्था बुझ्न सरकारले ल्यायो मोबाइल एप्स

ramesh-lekhak-license-1
फाइल फोटो

१५ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक एप्स संचालनमा ल्याएको छ । सडक मर्मतबारे जानकारी दिन शुक्रबारबाट एप्स प्रविधिको सुरुवात गरिएको हो ।

सडक बोर्ड नेपालले संचालनमा ल्याएको एप्सको उदघाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बोर्डले आफनो स्थापनाको १४ वर्षको अवसरमा सडक मर्मतबारे जानकारी दिन सुचना प्रविधिको सुरुवात गरेको भन्दै खुसी व्यक्त गरे ।

उनले एप्सले आम उपभोक्तालाई सडक मर्मतबारे जानकारी दिने विश्वास पनि व्यक्त गरेे । मन्त्री लेखकले निश्चित लक्ष्य बनाएर कामको सुरुवात गर्न पनि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिए ।

सडक मर्मत हुने स्थानका बारेमा जानकारी नहुँदा सर्वसाधारणले सास्ती व्यहोरिरहनु परेको बेला सडक विकास बोर्डले सो सम्बन्धि जानकारी दिन एप्स संचालनमा ल्याएको हो । एप्सले सडक मर्मतबारे आम उपभोक्तालाई जानकारी दिने विश्वास पनि व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment