+
+

बानेश्वरमा सरकारी गाडीमा आगजनी (भिडियाेसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १५ गते १४:४५

 

ago-lagi

१५ पुस, काठमाडौं । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ भने अर्को एउटामा तोडफोड भएको छ ।

शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । कसले आगो लगायो भन्ने खुलेको छैन । तर, सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए ।

अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड गरेको चालकले बताए ।

जलाइएको गाडी वागमती सभ्यता एकीकृत समितिका किशोर शाक्यले प्रयोग गरेको खुलेको छ । सरकार गाडी चढेर उनी विदाका दिन नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा आएका थिए ।

त्यसैगरी तोडफोड गरिएको अर्को गाडी स्थानीय विकास मन्त्रालयको रहेको छ । सो गाडी मन्त्रालयका सहसचिव जीवन कुमार श्रेष्ठले प्रयोग गरेका थिए ।
त्यस्तै तोडफोड भएको अर्को रातो रंगको सरकारी गाडी सडक विभागको भएको खुलेको छ ।

सरकारी गाडीका चालक केदार लामिछानेले दिएको जानकारी अनुसार सरकारी विदाका दिन इन्द्रेणी फुडल्याण्डमा सडक बोर्डको वाषिर्कोत्सव आयोजना गरिएको थियो । सरकारी हाकिमहरु सोही कार्यक्रममा लागि सडकमा गाडी रोकेर होटेलमा छिरेका बेला अज्ञात व्यक्तिहरु आएर बिदाका दिन किन गाडी चलाएको भन्दै आगजनी र तोडफोड गरेर भागेका थिए ।

राजधानीमा यतिबेला बिदाका दिनसम्म सरकारी गाडीहरु निर्वाध रुपमा चल्दै र दुरुपयोगसमेत हुँदै आएका छन् । विगतमा विदाका दिन चल्ने सरकारी गाडीहरुको निगरानी प्रहरीले गर्दै आए पनि हिजोआज कसैले अनुगमन गर्ने गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?