Comments Add Comment

प्रदिप ज्ञवालीले भने-मधेसी मोर्चाको निर्णयमा दूतावास दिवाभोजको प्रभाव

सीमांकन बाहेक संविधान संशोधनका अन्य विषय संसदबाट फेल गराउन एमाले तयार

pradip-gyawali

१५ पुस, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सीमांकन बाहेक संविधान संशोधनका अन्य बुँदा संसदमा मतदानबाट फेल गराउन तयार रहेको प्रष्ट पारेको छ । तर, प्रदेशको सीमांकन व्यवस्थापिका संसदले फेरबदल गर्न खोज्नु संविधान र संघीयताको सिद्धान्त विपरित हुने उसको ठहर छ ।

एमालेको धारणा प्रष्ट पार्न प्रेस चौतारी ललितपुरले पाटन क्याम्पसमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सचिव प्रदिप ज्ञवालीले भने, ‘सीमांकनको विषय फिर्ता होस्, अरु विषयमा मतदान मार्फत फेल गराउन हामी तयार छौं ।’

संसदमा सरकारको पक्षमा दुई तिहाई नभएको अवस्थामा संशोधन प्रस्ताव मतदानबाट फेल हुने निश्चित रहे पनि सीमांकन फेरबदलको विषय असंवैधानिक भएको उनले बताए । ‘यो विषय अदालतमा छ, अदालतले अवश्य पनि यसलाई संवैधानिक भन्ने छैन,’ उनले भने ।

सचिव ज्ञवालीले मधेसी मोर्चाले संविधान संसोधन प्रस्ताव जस्ताको तस्तै पारित गर्न तयार हुनु भारतीय दूतावासको लन्च बैठकको प्रभाव हो भनेका छन् । मोर्चा यो मोडमा पुग्छ भन्ने आफूहरुले पहिले नै सोचेको उनले बताए ।

ज्ञवालीले शुरुमै २ नम्बर प्रदेशमा सहमतिका लागि पहाडका जिल्ला नराख्दा गल्ति भइसकेको भन्दै अब पुनः सहमतिका नाममा ५ नम्बरबाट पहाड अलग गर्ने कुरा दोस्रो किस्तामात्र हुने बताए ।

त्यसपछि क्रमशः एक नम्बर र ७ नम्बरबाट पनि तराईलाई सम्पूर्ण रुपमा अलग गरेर नेपाल दुई राष्ट्रियता भएको राज्य हो भन्ने साबित गर्ने षडयन्त्र अनुरुप सीमांकनको बखेडा झिकिएको ज्ञवालीको दाबी छ ।

उनले आगामी पुस २२ गते एमाले सहितका दलहरुले गर्ने शक्ति प्रदर्शनले संविधान संशोधन प्रस्तावविरुद्ध जनमत संग्रहको झल्को दिने दावीसमेत गरे ।

संविधान संशोधन प्रस्ताव संसदमा प्रवेश नै गर्न नदिने अडान एमालेले दोहोर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment