१७ पुस, काठमाडौं । मन्त्रिपरिषदको एउटा बैठकमा मन्त्रीहरुले गुनासो गरे, नेकपा एमाले अध्यक्ष केपी ओलीले सबैलाई हेपेर बोलिरहेका छन्, तैपनि कसैले उनलाई केही भन्दैनन् ।
मन्त्रीहरुको आशय थियो, प्रधानमन्त्री प्रचण्डले भए पनि बोलिदिनुपर्यो । एक मन्त्रीका अनुसार मन्त्रिपरिषदको त्यो बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिबारे मात्रै छलफल भएको थिएन, पछिल्लो राजनीतिक घटनाक्रमको लामै समीक्षासमेत भएको थियो ।
एकमन्त्रीका अनुसार यो छलफलको निष्कर्ष थियो, केपी ओली एउटा ध्रुवको जबरजस्त नेता बन्दैछन् र, उनले जे बोल्दा कसैले प्रश्न उठाउने हो भने उनी चुनौतीविहीन हुनेछन् ।’
उसो त पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पनि यस्तै गुनासो गर्नेहरुको कमी थिएन ।
सबै फोरमहरुमा उनीहरु देउवालाई भन्थे, केपी ओलीको एक छत्र भयो, तपाई पनि केही नभन्ने, प्रधानमन्त्री पनि बोल्न नसक्ने, अनि जता पनि केपी ओली । अरु त प्रतिक्रिया जनाउने मात्रै भए । ओलीको व्यक्तित्व लार्जर एण्ड लाइफ भइसक्यो । भोलि कसरी थेग्ने ?’
ओलीले राष्ट्रवादी कार्ड त खलिरहेका छन् नै, पछिल्लो समय संघीयताविरोधी जनमत पनि उनकै वरिपरि जम्मा हुन थालेको छ । यस्तोमा आगामी चुनावमा एमाले अध्यक्ष ओलीलाई कसैले चुनौती दिनै नसक्ने त होइन ? देउवानिटकहरुको यस्तो विश्लेषण छ ।
कांग्रेसका एक मन्त्री भन्छन्, ‘अहिले देउवा एमाले अध्यक्ष केपी ओलीप्रति रातारात आक्रामक भएका होइनन् । पार्टीभित्र र बाहिरबाटै उनलाई प्रोभोग गर्ने काम भइरहेकै थियो ।’
हुन त शेरबहादुर देउवालाई धेरै हिसाव-किताव गर्ने नेताका रुपमा लिइँदैन । तर, कांग्रेसका एक नेताका अनुसार अहिले ओलीविरुद्ध देउवाले लगातार दिइरहेको अभिव्यक्ति ‘अनटार्गेटेड मूभ’ भने होइन, ‘क्याल्कुलेटिभ’ नै हो ।
निकटवर्तीहरुसँग देउवाले भन्ने गरेका छन्, ‘राजनीतिमा जुन दिनबाट विरोध गर्न वा असहमति राख्न छाड्छ, त्यो दिनबाट त्यो मान्छे सकिन्छ ।’
सर्पको खुट्टा सर्पले देख्छ’ भने झै देउवा र ओलीलाई एकअर्काको सबल र दुर्बल पक्ष राम्रोसँग थाहा छ । त्यसैले देउवालाई ओलीसँग न कुनै डर छ, न कुनै भ्रम
केपी ओलीले त्यही कोणबाट कुरा राखेर आफ्नो समर्थनमा ठूलो जनमत बनाएका छन् । र, उनको विपक्षमा पनि जनमत छ । अब त्यो अर्को पक्षको नेता बन्ने अभियानमा लागेका छन् शेरबहादुर देउवा ।
पछिल्लो समय ओलीलाई काउन्टर दिँदै देउवाले लगातार मधेसको बारेमा बोलिरहेका छन् । जुन उनी पहिला खासै बोल्दैनथे । तर, अहिले देउवाले ओलीलाई ‘मधेसीलाई हेप्ने ?’ भन्दै प्रश्न गरिरहेका छन् ।
कांग्रेसका एक नेता यसबारे व्याख्या गर्दै भन्छन्, हामीलाई हाम्रो पार्टी सभापतिले भन्नुभएको छ कि मधेसलाई हेपेर हुँदैन । हामीले पनि यसरी बोल्न थालेका छौं । यसले हामीलाई बोल्ने ठाउँ दिएको छ ।’
अब एकातिर केपी ओली र अर्कोतिर देउवा उभिएका छन् । त्यसैले राजनीतिक फाइदा दुबैलाई आइरहेको छ । र, उनका अनुसार देउवा-ओलीको वाकयुद्ध तत्काल रोकिने सम्भावना छैन ।
यसले मधेसी, जनजाति समुदायमा कांग्रेसको जनमत बन्दै गएको छ भने मधेसमा पार्टीलाई स्थापित गराउन सहयोग गरेको छ । यसको लाभ आगामी चुनावसम्म हुनेछ ।
दोस्रो, देउवा वेटिङ प्राइमिनिस्टर हुन् । प्रचण्ड सरकारपछि देउवा प्रधानमन्त्री हुने पूर्वसहमति (सरकार गठनका क्रममा भएको कांग्रेस-माओवादीको सातबुँदे) छ । त्यसैले उनमा प्रधानमन्त्री हुने हतारो छ, जसका लागि संशोधन गरेर चुनाव गर्न चाहन्छन् ।
देउवा ओलीप्रति आक्रामक हुनुको तेस्रो कारण हो, एकअर्कालाई राम्ररी चिन्नु-बुझ्नु । ‘सर्पको खुट्टा सर्पले देख्छ’ भने झै देउवा र ओलीलाई एकअर्काको सबल र दुर्बल पक्ष राम्रोसँग थाहा छ । त्यसैले देउवालाई ओलीसँग न कुनै डर छ, न कुनै भ्रम । बरु ओलीले बाहिर बनाएको राष्ट्रवादी छवि ९ डिसमिस गर्न सक्ने पोजिसनमा छन् ।
प्रतिक्रिया 4