
१८ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसका जिल्लाहरुमा खबरदारी विरोध प्रदर्शन गर्दैछ ।
संविधान संशोधन विधेयक अघि बढाउन दबाव दिन भन्दै मधेसी मोर्चाले विरोध प्रदर्शन गर्न लागेको हो । मोर्चामा आवद्ध सदभावना पार्टीका महासचिव मनिष सुमनका अनुसार विरोध प्रदर्शनमा शीर्ष नेताहरु पनि सहभागी हुनेछन् ।
मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनको माग गर्दै आएको थियो । तर, पछिल्लो समय भने अहिलेकै संशोधन अघि बढाए स्वीकार गर्ने संकेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4