Comments Add Comment

निखिल र संचितालाई कति हतार ?

sanchita-nikhil-5
नायक निखिल उप्रेती र नायिका संचिता लुइटेलको जोडी नेपाली चलचित्र क्षेत्रमा चर्चित छ । चलचित्र ‘माया त माया हो’मा एकसाथ काम गर्दा गर्दै यी दुइविच प्रेम भएको थियो । प्रेममा परेपछि निखिल र संचिताले बिहे गरे र मुम्बइ पुगे ।

संचिता केहि समयपछि नेपाल फर्किइन् भने निखिलले नेपाल आउन ५ बर्ष लगाए । आज दुबै जना नेपाली चलचित्रमा व्यस्त छन् । निखिलको हातमा त चलचित्र खाली नै छैन । संचिताले पनि फाट्टफुट्ट चलचित्र पाएकी छन् ।

निखिलले कमब्याकपछि ‘भैरव’ नामक चलचित्र नै बनाइसके भने ‘रुद्र’को छायांकन पनि सकेका छन् । तर, न त निखिल आफैले बनाएको चलचित्र होस् या त बाहिरी ब्यानरका चलचित्र नै किन नहोस्, निखिल र संचिता एकसाथ देखिएका छैनन् । केहि हप्ता अगाडि त निखिलले आफूलाई ‘नपत्याएको हुन सक्छ’ भन्दै संचिताले अन्र्तवार्ता नै दिएकी थिइन् ।
sanchita-nikhil-2
केहि दिन अगाडि एक पाँच तारे होटलमा पुगेका निखिल र संचिता हतारामा देखिए । उनीहरुले मिडियाको अगाडि उभिएर एकसाथ फोटो खिच्न पनि हतार गरे । निखिल ‘पछि गरौला, अहिले हतार छ’ भन्दै थिए ।

साच्चै, निखिल र संचितालाई के को हतार थियो, त्यो उनीहरुले नै जान्ने कुरा भयो । निखिल र संचितालाई यसरि, एकसाथ सार्वजनिक कार्यक्रममा देख्न पाइदैन । संभवत, मुम्बइबाट फर्किएपछि संचिता र निखिल एकसाथ मिडियाको क्यामेरामा विरलै परेका होलान् । साच्चै, निखिल र संचिता एकसाथ मिडियामा आउन किन डराउँछन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment