Comments Add Comment

पूर्वमन्त्री कृपासुरको उजुरीमा छोरा गणेश पक्राउ

ganesh-serpa

१९ पुस ,काठमाडौं । पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाका छोरा गणेश शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । बाबु कृपासुरकै उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको गौशला बृतका डीएसपी नवराज कार्कीले बताए ।

गणेशले पटक-पटक फोन गरेर धम्क्याएको भन्दै शेर्पाले प्रहरी गुहारेका थिए । ‘विभिन्न नंम्बरबाट फोन गरेर पैसा माग्ने र नदिए जे पनि गर्न सक्ने धम्की दिएको उजुरी परेपछि पक्राउ गरिएको हो’ डीएसपी कार्कीले अनलाइनखबरसँग भने ।

गौरीघाटमा हिँडिरहेको अवस्थामा पक्राउ परेका शेर्पालाई सार्वजनिक मुद्धा अन्र्तगत कारवाही हुने बताइएको छ ।

एमाले नेता कृपासुर मन्त्री भएको बेलामा धनमाया दर्नालसँगको सम्वन्ध सार्वजनिक भएको थियो । उनले मनमाया र छोरा गणेशलाई स्वीकार नगरेको खबरहरु आएपनि उनले सार्वजनिक रुपमै स्वीकार गरे ।

तर, अंश नदिएपछि उनीहरुको सम्वन्ध फेरि बिग्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment