Comments Add Comment

सरकारलाई सीईओ ज्ञवालीको जवाफः स्पष्टीकरण सोधिनुपर्ने कारण छैन

sushil-gyawali-3
२० पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार सरकारलाई स्पष्टीकरण बुझाउँदै छन् ।

ज्ञवालीको काम चित्त बुझ्दो नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले भने आफ्नो बचाऊ गर्दै सरकारलाई दिने स्पष्टिकरण तयार पारेका छन् । जसमा प्राधिकरणको काममा सरकारी निकायहरुले नै असहयोग गरेको आरोप लगाइएको छ ।

प्राधिकरणले गरेको राम्रो कामको जस लिन उद्यत हुने राजनीतिक नेतृत्वले पनि पुनर्निर्माणको काममा समस्या पर्दा भने अपसज थोपरेर चोखिने गरेको ज्ञवालीको गुनासो छ ।

आफूसँग स्पष्टीकरण सोधिनुपर्ने कुनै कारण नदेखेको कार्यकारी अधिकृत ज्ञवालीको जिकिर छ ।

उनले प्रधानमन्त्री अध्यक्षताको राष्ट्रिय निर्देशक समितिको बैठकले प्राधिकरणको काम सन्तोषजनक रहेको भनी निर्णय गरेको माइन्युट समेत स्मरण गराएको स्रोतले जनाएको छ ।

सो निर्णयमा भनिएको छ- अनुदान सम्भौता तथा अनुदान वितरणका क्रममा देखा परेका विभिन्न प्रतिकूलताहरुका बाबजुद् प्राधिकरणको संयोजनमा सम्बद्ध मन्त्रालय तथा कार्यान्वयन निकायहरुद्वारा भएको कार्य प्रगति अवस्था सन्तोषजनक रहेको ।

ज्ञवालीले पष्टिकरणमा प्राधिकरणमा आफू आएको एक वर्षमा भएका कामको फेहरिस्त राखेका छन् ।

सरकारले आफूलाई हटाउने आशयका साथ राजनीतिक रुपले प्रेरित भएर स्पष्टीकरण सोधेको भन्दै ज्ञवालीले सम्भावित कानुनी उपचारका बारेमा समेत छलफल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment