Comments Add Comment

नेपाल लाइफ र समता माइक्रो फाइनान्समा आस्वा प्रणाली लागू नहुने

asba4

२० पुस, काठमाडौं । प्राथमिक सेयरमा आवेदन दिदा लगानीकर्ताको बैंकमा रहेको बचत खातामा रकम रोक्का रहने प्रणाली (आस्वा) नेपाल लाइफ इन्स्योरेन्स र समता माइक्रोफाइनान्सको सेयर निष्कासनमा लागु नहुने भएको छ ।

‘हामीलाई लगानीकर्ताहरुले सोधि रहेका छन्, तर हामीले पुसअन्त्यबाट नै सेयर जारी गर्न लागेकोले माघपछि लागु हुने नियम बाध्यकारी नहुनु पर्ने हो,’ सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिलसिनाले भने । समताको सेयर बिक्री पुस २२ गतेसम्म खुला रहनेभएपनि सबै सेयर बिक्री हुन नसकेमा ढिलोमा माघ ४ गतेसम्म खुल्ने उल्लेख गरेको छ । यता, पुस २७ गतेबाट निष्कासन खुला रहेको नेपाल लाइफको एफपीओ माघ २ गतेसम्म बिक्री खुला रहने छ । त्यो अवधिमा पनि बिक्री नभएमा भने माघ १२ गतेसम्म खुला रहने छ ।

माघपछि सेयर जारी गर्ने कम्पनीलाई पनि यो नीति भने बाध्यकारी नभएको धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले बताए । पहिलो चरणमा बाध्यकारी गरेर लैजान गाह्रो हुने भएकोले पनि यो सुविधा दिइएको गिरीले बताए । आस्वा लागु गर्दा बैंकहरुले केही दिनअघि नै धितोपत्र बोर्डमा लिइने शुल्क बारे जानकारी समेत दिनुपर्ने हुन्छ ।

धितोपत्र बोर्डले आस्वा सुविधा दिने बैंकहरुले ५० कित्ताभन्दा कम सेयरको आवेदनमा प्रति फारम अधिकत्तम ५० रुपैयाँ र ५० कित्ताभन्दा माथी जतिको आवेदनमा पनि प्रति फारम २ सय रुपैयाँभन्दा बढि लिन नपाइने व्यवस्था गरेको छ । यो सीमामा रहेर बैंकहरुले शुल्क लिनुपर्ने र यसबारे धितोपत्र बोर्डलाई पुर्व जानकारी दिनुपर्ने हुन्छ । हालसम्म भने आस्वा सेवा दिन पुस ८ गतेसम्म ११ वटा बाणिज्य तथा बिकास बैंकले धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment